Posted by: miss_ me September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते!!! म मास्टरनी-नानीको तर्फबाट यहाँहरु सबैलाइ :) म नि यति साह्रो भेफुर्सदी भएकि कसैलाई किन "ढिला गरेको आउनलाई ?' भनेर प्रस्न गर्ने ठाँउ नै रहेन :) अहिले लेखेको ताजा नै त हैन--- तर पहिले नै लेखेको यो मेरो पुरानो 'संझना" हजूर हरुको लागि कोसेळी रनवन डुल्दा खेरि फुस्केका ति भाका सुसेली भै घन्किन्छ कि? अझै भीरपाखा कहिले झर्थे वेसीं खोला कैले माथि डाँडा सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।। सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो चौरी संग हातेमालो गर्दै पहाड वेसी सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। संझना त्यो आँखा भरि झल्झली आउछ सपनामा कोहि मलाई बोलाए झै लाग्छ पसिना यो मेरो हात को बगिरेछ कतै खट्किनेछ जीवनभर गुनासो यो सधै।। ताजा नै छन यादहरु मेट्दा मेटिन्छर? भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर? माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
Read Full Discussion Thread for this article