Posted by: Nepe September 6, 2006
Login in to Rate this Post:
0
?
घरधन्दामा व्यस्त भएर अरुबेला चौपारीमा धाउन नसके पनि यो महोत्सवको बेला मन मानेन, एकबाजी मुख मात्र देखा'र भए पनि फर्कन्छु भनेर आ'छु है म ।
नमेले गोतामेको गजल छापेर खासाको उदघाटन ग-यो । त्यो गजल त सबैको जस्तै मेरो हिर्दयमा पनि टपक्कै टाँसिएको छ बाबै । वास्तवमा म त्यसलाई मेरो "शायरी सप्ताह" मा "प्रवासी नेपालीको राष्ट्रिय गीत" भनेर वाँच्ने (वाचन गर्ने) ईच्छामा थिएँ ।
यो महोत्सवमा सबैले केहि न केहि सर्जाम लिएर आउने भए पछि मैले पनि मेरो एउटा एक साह्रै पुरानो तर कतै नछापिएको शिलक ल्या'छु । अलि बैरागी टाईपको छ, तर क्यार्नु, त्यस्तै थियो त्यो जमानाको कल्पाई ।
लौ त यसपाला यहि नै भो ।
न सोध्नु छ गयौ किन, न तर्केर हे-यौ किन
यत्ति सोध्नु छ, एकपल्ट फर्केर हे-यौ किन
निभाउनु थ्यो' कि सल्काउनु थ्यो आँसुले
म सोध्दिन आँखालाई, दर्केर हे-यौ किन
आफ्नो भए म सक्थें, तिम्रो कसरी सहुँ
घाउ हौ मुटुको तिमी चर्केर हे-यौ किन
होला विवशता तिम्रो, किन जान्नु प-यो मैले
आलै यो घाउमा नुन छर्केर हे-यौ किन
हाँसेर पिउँदा पानी सर्कन्छ भन्दै, आँसु-
सोध्छ मलाई, दीपु, सर्केर हे-यौ किन
Nepe