Posted by: Birkhe_Maila September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
लु सपैलाई चौतारी मउसब को शुभकामना! मेरो चौतारीको यात्रा पनि बडो रोचक छ। साझा चिहाउन थालेको गोडा दुएक बर्ख पछि एउदिन भउते हरा'र रडाको मच्चेको देखिओ हेरि साझामा। त्याँसि दिन दिनै कुरो हेर्दै जाँदा रमइलो लाउन थालो गाँठे। उता फेरि अरु धागोहुँदि, भउते " धुवाँ पिएँ, रउसि पिएँ अनि तिम्रो बैश पिएँ" भन्दै भट्ट्यामदै रैछ, अर्को तिर गोताएँ " एउजुग अगाडि हिनेको म, बिदेशको सटक नाप्दै छु" भन्दै दुखेसो पोख्दै रेछ। त्याँसि त मुलाई नि आम आम लाउन थालो अब चाइन्जो एउडा नाम त ले'र आम्नु पर्ने साझामा अनि बिर्खे माईला बनेर आइयो के रे। सिरेले गामको जिम्मालि दिओ। काका, पुन्टे दाई, मुन्द्रे, लाले, बेशिथाने सपै आम्थे तेतिबेला। अनि त दादाले बेला बेलाँ हाल्ने लोउगित अनि कुरो सुन्दै आको एउ बर्ख भइसकेछ! माष्टरनी नानीको प्रबेश संगै साझामा के जाति अनुशासन आ'को कुरो चाइँ साँचो हो। गोताएँले भने जस्तै अइले आ'र नारि सहभागिता पनि चाइन्जो बढ्दै छ। डल्लि, तितौरी, सान्नानि, ठुल्नानि आइराका छन्। रुइनु र शेर्पिनि आउँदे बेला बखताँ आजकल अत्तो पत्तो छैन। जे होस पुन: एकपटक महोत्सउमा सपैलाई सलाम!
Read Full Discussion Thread for this article