Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारी चिनेकोमा धेरै धेरै धन्यवाद नमे । अब सबै जना मिलेर भर्न शुरु गरौ, यो चौतारी, यस भन्दा पैलाको जस्तो हुनेछैन भन्ने आसा छ, पैलो चोटि हाम्रो चौतारीको धागो साझाको पहिलो पान्ना बाट गायब भा'थ्यो। लौ मेरो तर्फबाट चाँ इ एउटा कविता सान्तवना माया गर्छौ भने तिमी कसैलाइ खुला छोडिदिनु रे उसलाइ तिम्रो हो उ, यदि फर्कियो भने फर्केन भने उ तिम्रो कहिल्यै थिएन सहमत यो कथनमा म कहिल्यै भइन विश्वास बिना मायाको महतव नै रहेन अविश्वासमा माया कहिल्यै टिक्दैन विश्वास तिमी गर्न सक्दैनौं भने तिम्रो मुटुभित्र माया छँदै थिएन त्यो त एउटा सम्झौता थियो आफ्नो स्वार्थपुर्ती भइसकेपछि जीवनमा आ-आफ्नो बाटो समायो हाम्रो मित्रता सम्झौता थिएन अविश्वास तिमीलाइ कहिल्यै गरिन पराइ तिमीलाइ कहिल्यै ठानिन मलाई लाग्छ मैले गल्ती गरेछु तिमीलाइ देखावटी माया गर्नै जानिन मनका भावना बताउनै सकिन अफसोच मलाई लाग्दछ अहिले किन आफुलाइ अभिब्यक्त गरिन मैले म चाहन्थे तिमी आँफै थाहा पाउनु मुटुभित्र मेरो तिमी खुसुक्क आउनु मुटुभित्रै मेरो तिमी हराउनु जीवन तिम्रो त्यही बिताउनु परेलीभित्र मेरो शायद तिमीले आफुलाइ देखिनौं मुटुभित्र मेरो तिमी आउँदै आइनौं मुटुभित्र मेरो तिमी आएकी भए देख्थ्यौ तिमी त्यहाँ आफ्नो नै छायाँ बताउनै सकिन म कति माया गर्थे मुटु नै चिरेर देखाउन त कसरी सक्थें समय सबैभन्दा वलवान हुन्छ सबैलाइ यहाँ-उहाँ पुर्याउँछ समयसँगै म पनि पुगेछु कहाँ तिम्रै यादमा सधैं टोलाइबस्छु यहाँ तर एउटा कुराले मलाई सान्तवना मिल्छ तिमी नभए पनि तिम्रो तस्वीर यो मुटुभित्र बस्छ ।
Read Full Discussion Thread for this article