Posted by: Tusaro September 5, 2006
Nepali word and its definition
Login in to Rate this Post:     0       ?        
टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ तगारो - अगनमा gate को ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा। मझेरी - घरको अगेनु भएको छेत्र। चम्काचधुँवा - बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुली को घरमा जग्गे बनौने काम ट्यामी - aluminum को घिउ, दूध बोक्ने भाँडो पक्कु - मासु मासु छनेर पकाएर रखिने एक परिकार अर्सा - चामलको पिठो बाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार मझेत्रो - महिला ले टाउको मा गुत्ने खास्टो खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ छयापी अथवा दुङ्दुङे - एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ
Read Full Discussion Thread for this article