Posted by: lootekukur September 3, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
here you go, tyra: प्रेयसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ पीरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै यहाँ मुटु चारैतिर भङ्गालेको ब्यथाजस्तो (२) आफ्नै पाइला आफ्नै बाटो सँगालेको जेथा जस्तै प्रेयसीका यादहरु... सम्झनाका छायाँहरु छातिभरि धुवाँ जस्तै तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै (२) बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै प्रेयसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ पीरतीका घातहरु, भरिएको मुटु रसिएका दुई आँखाले सुकाएर हेरेँ प्रेयसीका यादहरु... === रचना/संगीत: स्व. दीव्य खालीङ phew! that was tiresome typing hehe... LooTe
Read Full Discussion Thread for this article