Posted by: shubha September 2, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
“ए हजूर मा!!! हजूर मा!!! “ हरिशरणम!!!!! बत्तिकात्न लागे’कीम के रे । यसपाला चौतारियाँ भएनि सत्यनाराणको पूजा लागौनु नि पर्यो लाख बत्ति बाल्न नि पर्योभनेर सोचिरा’किम यि नात्नतिनाहरुले बसिखान दिनीभा’पो । “ किन करौचस, के भो भन?” भनेकि बोल्नु त काँछ र? मेरो हात पक्डेर तान्न पो थाल्यो सानो चै नातिले। “हिड्नुस त चौतारियाँ सब जनाले के जाति ह्याप्पि ह्याप्पि डे गरिराछन हजूर्लै हो रे”। लौरो नि कताराखे’किम कुन्नि त्यैबेलाँ भेटिएपो ....सानो नातिको हात पक्डेर हिडे के रे । त्यो उकाला सास बढेर कति साह्रो ह्याप्ह्यापि भा’को नि फेरि.... अब त्यो सानो नाति कति दौडेको ..... ए मेरी बास्सै!!!!! चौतारियाँ त.....???!!!!! यो बुढेसकालाँ सास पनि ह्याप ह्याप गर्ने बेला यि भुराभुरि नि के को इउलिस मा के जाति ह्याप्पि भनिरा’होलान।लाज लागेर एउछिन त हेर्नै नि सक्या भ’पो भीडिया नि र’छ के रे फेरि जे भएनि ल यस्तो मया अरेर अझै ह्याप ह्याप गर भन्छौ भनेनि तिमुर सब्लै धन्याद!!! कुम्ले अस्ति त्यो बिर्खेले लाहुर’ट ल्याको के जाति रिडिया बजौदै हिडिरा देखे’किम के रे। सिपालू र’छ कुम्ले के जाति भिड्यो नि खिच्न मिल्नेर’छ कि के हो ? यो बुढेसकालाँ भिडिया हेरेर मर्न पाउने भे भनेर दंग दास भैकिम के रे । निश्चल नाति नि शहराँ फढ्न ग’थ्यो मज्जाको इउलिस सिक्या रे’छ भिडियाँ बोल्न सक्ने भ’छ जे भए नि यो बुढेसकालाँ सप्पैको राम्रो भाको सुन्न पौदा खुसि लाग्छ के रे। सत्यनाराणको पूजाँ त्यो टिपरिकाटाँ हालेर क्याउसको भजन बजौन पर्ला भने’कि थिम के रे। देवरजी( भौते) ले झन मनमनै गालि पो गर्नुभे’छ त्यो के जाति इउलिस गित भन्दा एउडो नाम्रो ( राम्रो) भजन राख्द्या भसि मलै हाइ सन्चो हुन्थो कसै सित माग्न फर्थेन के रे ॥“अब भावि भन्दा एउ (एक) वर्ष त कान्छो हुम् नि ....बुढेसकालाँ मलैनि त चाहियो.त्यो भाबिलै दे’सि कल्ले दिन्छ मलै” भनेर सोच्नु भ’होला के रे । फिरि गौतमबाउ( बाबु) लै के के भाँति जान्नु पर्या होला जो जति उमेराँ भएनि एउ बाजि मर्ने नै हो के रे। किन चिन्तार्नुन्च’र गौतम बाउ( बाबु) सप्पै ढिकढिका पुग्याचन । मलै त् त्यो के जाति एउ विस र एउ दश भन्दा माथि भन्नै मन मला’र हो के रे । त्या’उता’ट को हो ग्वाँचे चित्रे गालउ फुलौरे सबले झ्याँइकुटि पार्दै पुन्टेदा लै लयाउदै र’चन त्यै बेलाँ का’ट तितौरि भेट्टिछिन र लालटिन बाल्दै अगि अगि बाटो देखौदै र’छिन। अति जो इमान्दारछ के रे लुते नि ..... के विधि भुकेको .... सप्पै मेलाँ जादा त्यै उउडो लुते कुकुर ले घर धानेछ के रे ..... साच्चिकै इमान्दार हुनेर’छ केरे यो जाति नि ‘ त्यै अलि लुतो लाग्या’छ मन कटक्क खान्छ ।दवाइ ल्या’र खुवाउ भन्या नि..... यो बुढेसकाला मलै ...... कसैले सुन्ने भा’पो । त्यै बाटा आउदा चित्रे ले बाकलै बाक्लो रोटिअस्तो( केक) भेटेच’र ल्याछ त्यै काटदिन्चु र खाउला चिया सिया बनौ भने आँखा देख्दिन .. फेरि यो राताँ बेला के चिया खान्थेउ र ? ********************************************************************** Wow !!! लाइफ मै फस्टाइम !!! यँहाहरुको शुभ-कामनाको अमूल्य शब्दहरुको लागि म त केवल मुस्कुराउन मात्र सक्छु । (मेरो लेखाइ र भाषा बाट यहाँहारु कसैलाइ चित्त दुखेमा ह्रदय देखि नै क्षमा चाहान्छु .. विशेषत: लुतेलाई ---- अलि भढि नै भनेकि :) ???? )
Read Full Discussion Thread for this article