Posted by: Gautam B. August 31, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
म अस्कल पढ्दाको पहिलो वर्षमा ने वि संघको एउटा कार्यक्रममा रामकृष्ण ढकालले नारायण गोपालको "पर्खी बसें आऊँला भनी----" गाएका थिए। रामकृष्ण ढकालको गायन यात्रा नारायण गोपालको गीतहरु गाएरै शुरु भएको हो। नारायण गोपालका गीतहरु राम्ररी गाउन सक्ने जो कोहिको पनि नेपाली जमातमा प्रशंशा हुन्छ, इज्जत हुन्छ। विश्वविद्यालय जीवनमा sp र hkc भन्ने साथीहरु हुनुहुन्थ्यो, खुब राम्रोसंग नारायण गोपालका गीतहरु गाउनसक्ने। नेपालीहरुको जमघटमा उहाँहरुको उपश्थितिको ठूलो माग हुन्थ्यो। पछि मैले पनि कनेर "आजै र राती के देखें सपना--- " घोकेको थिएँ, तर राम्रो गाउने भनेको त तेस्तै भो! मान्छेहरु फेरि आफ्नो जीवनमा घटेका घटनालाई पनि नारायण गोपालले गाएका गीतमा interpretation गर्ने। एउटा साथी थियो, "मैले पाप मन पराएँ या पुण्य मन पराएँ------" खुब मन पराउने। आफूले राम्रैसंग चिनेको एउटा केटाकी भू पू प्रेमिकासंग उस्को इलु इलु चलिराखेको थियो त्यति बेला। जहिले पनि त्यो गीत फर्माइश गर्ने गाउन सक्ने साथीहरुसंग।
Read Full Discussion Thread for this article