Posted by: gwanche August 31, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
आइनन उनि, म घन्टौं कुरेर बसेको थिए उनिलाइ । समय एकनाससँग बगिराखेको थियो, शायद आफ्नै नियमित गतिमा तर मेरो लागि समय रोकीएको जस्तै थियो । एक सेकेन्ड पनि एक जुनि जस्तै थियो, मेरो लागि । सधैं बिहान उनि मलाई 'त्यहाँ' कुरिरहन्थिन या शायद हामी मध्यै जो पहिला त्यहाँ पुग्यो उ एक अर्का लाइ पर्खेर बसिरहन्थ्यौ भन्दा ठीक होला । थाहा छैन कसरी यो प्रकृया शुरु भयो तर मेरो लागि अब यो एउटा नियमित रुटीन बनिसकेको थियो । हामी एउटै कलेजमा पढ्थ्यौं एउटै क्लासमा । 'त्यहाँ' हरेक बिहान भेटेपछि हामीहरु सँगइ कलेज जान्थ्यौं । कहिले उनि आइनन भने असाध्यै नरमाइलो लाग्थ्यो मलाई । एक चोटि सरले एक घण्टा चाँडो लिन्छु भन्नु'भा थियो फर्स्ट पिरियड । हामीले त्यहाँ नियमित समय भन्दा एक घण्टा चाँडो भेट्ने सल्लाह गरेका थियौ, अघिल्लो दिन । तर उनि आयिनन्, १५ मिनट, आधा घण्टा गर्दै एक घण्टा पनि बित्यो तर अँह उनि आयिनन । असाध्यै असमंजसको स्थिती थियो मेरो लागि । म उनि आउने बाटो तिर फिर्ता गए, उनको घरसम्म्, मन भरि अप्रिय भावनाहरु खेलाउँदै । कतै भेट्न सकिन मैले उनिलाइ, उनको घरको फोन पनि उठेन । म निरास हुँदै कलेज पुगें, अचम्म उनि त म भन्दा पहिला कलेज पुगिसकेकी रहिछिन । उनले बताइन्, बिहान उठ्न ढिलो भएको हुनाले उनि घरबाटै ट्याक्सी लिएर कलेज गएकी रहिछिन्, छोटो बाटोबाट । उनले सोचेकि रहिछन्, म दस पन्ध्र मिनट उनलाइ पर्खेर कलेज जाने छु, उनिबिना । गलत्, म उनिलाइ जती पनि पर्खिन सक्थे, घण्टौं घण्टा । त्यो दिन मेरो पहिलो लेक्चर छुटे पनि उनले मेरोलागि पनि नोट बनाइदिइन र अब देखि कहील्यै त्यसरि खबर नै नगरि एक्लइ कलेज नजाने प्रण गरेकि थिइन । दिन्, महिना हुँदै दुई बर्ष बिते, कलेज पनि सिद्धियो । समयले यस्तो खेल खेल्यो, एक अर्का बिना कतइ एकलइ नजाने हामीहरु धेरै टाढा भयौं एक अर्काबाट, कहिल्यै नभेट्ने गरी । मैले उनिलाइ भनेजस्तै म उनिलाइ पर्खिन सक्छु, अनन्त अनन्त सम्म , हो पर्खाइ असाध्यै पिडादाइ हुन्छ, तर उनको लागि म जस्तो सुकै पिडा पनि बहन गर्न सक्छु । आउँदिनन उनि, म बर्षउँ देखि कुरेर बसेको छु उनिलाइ । समय एकनाससँग बगिराखेको छ , शायद आफ्नै नियमित गतिमा तर मेरो लागि समय रोकीएको जस्तै छ । एक सेकेन्ड पनि एक जुनि जस्तै छ , मेरो लागि ।
Read Full Discussion Thread for this article