Posted by: Poonte August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
काम नभ’र आज यस्सो साझाको चयाटाँ घुसेथें। एउटो आ’र “पुन्टे दाई, नमस्ते!” भन्दै मज्जाले गफ गर्न आयो। चौतारीको रोल नम्बर १५ हुँ म भने, अरु मरे नि नभन्ने त नि! तेई भ’र। तो हामी साना सानै छँदा मेदेसतिर मदेसिले “लो देखो, बम्बई देखो, दिल्ली देखो, ताज महेल देखो” भुन्दै सुका ले’र तो के जाति बक्सा भित्र फोटाहरु देखाम्थे के रे। आईतेले नि तेस्तेई काम अरि जिविका चलाम्न था’लो कि के हो? मज्जा आओ जे होस् तो गोरा सापहुरको देश हेर्न! एक साता ठ्याम्मै बितो के रे घर बसेको। आफ्नो फेरि कामै उस्तै छ, अलि अलि सन्चो नहुँदा नि गर्नै गाह्रो। आज नि आराम गरें के रे। आउँदो लामो वीक एन्डाँ जेठीलाई ले’र घुम्न जानि हो, बिसन्चो चर्क्यो भुने पिलान सबै चेट होला भुनेर ओखती हुसुर्दै बसेछु। हिजो देखुन् तो कोमल ओलीको “पोईला जान पाम्” गीत सुनेर मुखैं झुन्डाछे के रे जेठी नि, अब आफैंले लान परो नि पोईला यो वीक एन्डाँ।
Read Full Discussion Thread for this article