Posted by: CaMoFLaGeD August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
तितौरीले "डर लाग्यो" भन्दा खेरि मलाई आफु परेको एउटा एक्सिडेन्ट याद आयो। मोटरसाइकल एक्सिडेन्टमा परेको थिएँ,गल्लि भित्रबाट आएको ट्याक्सीले साइडबाट ठक्कर दियो, मेरो मोटरसाइकल त सुलुलु चिप्लेको बाटोमा। त्यस्पछि घाइते जिउ, पुलिसको चक्करले हैरान पारेको थियो। अनि फेरि मोटरसाइकल बनाएर घर सम्म पुर्याउन त क्या डर लागेको भने। बल्ल बल्ल पुर्‍याएपछि त एक हफ्ता सम्म चडिन। पछि फेरि बानी पर्यो। सार्है डरलाग्दो हुन्छन् त्यस्ता अनुभवहरु।
Read Full Discussion Thread for this article