Posted by: shirish August 29, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
इन्द्रकुमार श्रेष्ठ 'सरित्' तारा नचाहिए तिमीलाई जून दिन्छु मनै शीतल हुने संगीतको धुन दिन्छु । सादा कागज झैं जीवन भयो त के भयो तिमीलाई मायाको रंगीन फागुन दिन्छु । प्रत्येक पाइला जीवनको सुरुवात हो त्यही सुरुवातका लागि म सगुन दिन्छु । माया बिनाको त्यो जीवनलाई सजाउन तिमीलाई म मायारूपी सुनैसुन दिन्छु । तारा नचाहिए तिमीलाई जून दिन्छु मनै शीतल हुने संगीतको धुन दिन्छु ।
Read Full Discussion Thread for this article