Posted by: Birkhe_Maila August 27, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
एउटा पूर्बेली गित- केटा- धनकुटा हिलेS दिल चित्तै मिले हे माया जाउँ हिँड पाख्रिबास मरिजाने चोला जे हुन्छ होला हे माया तिम्रो नै लाग्छ आस केटी- आधा उमेर तिम्रो गै सक्यो कठै हे बरै अझ गर्छौ के को आस तमोर खोला त्यो ढुङ्गे बगर हे बरै लाग्दैन तिम्लाई लाज केटा- सुन्ताला जुनार निबुवा भोगटे हे माया रस आउँछ आउँदैन घर छोडि आको आफ्मो कोई नभाको हे माया बास पाउँछ पाउँदैन केटी- जुत्तामा लाऊने त्यो कालो पालिस हे बरै कपालमा लाएछौ जता देख्यो राम्री तरुनि हजूर हे बरै उतैतिर धाएछौ केटा- रातोमा सिन्दूर त्यो गोलो टिका हे माया गाजलपो लाउने कोश माइत घर बसि छोरा पाऊने भैछौ हे माया नलाऊनु मलाइ दोश केटी- अल्लारे दाईको जोस मात्रै ठूलो हे बरै रइनछ केहि होश हात्ति पाल्न भन्दा स्वास्नि गाह्रो भन्छन हे बरै नलाऊनु मलाइ दोश केटा- माङमाङ्गे खोला बाढि है आयो हे माया ढाकेर बगर एऊटा स्वास्नि पाल्न नसक्ने हैन हे माया मन्मा सुर्ता नगर
Read Full Discussion Thread for this article