Posted by: shirish August 27, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
मोतीरामको निरन्तरता मोतीराम भट्टले नेपालमा गजल भित्र्याएको एक सय २५ वर्षपछि उनकै एक सय ४१ औँ जन्मजयन्तीका दिन भोजराज घिमिरेका गजलका दुई कृतिहरू आहत नाममा सार्वजनिक भएका छन् । एउटै नाममा साङ्गीत -गीति एल्बम) र पुस् तक माध्यममा प्रकाशित यी दुई कृतिहरूमा गजलकार घिमिरेले आफूलाई शाही सरकारले जगेडामा हुत्याउँदाको आहतलाई अभिव्यक्ति दिएका छन् । "अधिकांश गजलहरू मैले त्यही कालमा सिर्जना गरेको हुँ," आहत बारे घिमिरेको अभिव्यक्ति छ, "चोट परेका बेला लेखेकाले यसमा पीडाहरूकै बाहुल्य छ ।" आत्मजहरूले गीत लेख भन्दाभन्दै पनि गजल लेखेको प्रष्ट्याउँदै विमोचन समारोहमा उनले भने, "तर, मैले कसैको कुरा नसुनी गजल नै लेखेँ ।" आहत मा शक्तिवल्लभको सङ्गीत तथा आनन्द कार्की, सपनाश्री र जगदीश समालका स् वरहरू रहेका छन् । समारोहमा यस एल्बम र पुस् तकको प्रकाशनपछि नेपाली गेय गजलमा ठूलो सघाउ पुग्ने विश्वास लिइएको थियो । "यो व्यावसायिक होइन," गजलकार घिमिरे यसको प्रकाशनको ध्येय स्पष्ट पार्दै भन्छन्, "तर, यसको बिक्रीबाट जति आम्दानी हुन्छ, त्यो सम्पूर्ण रकम मैले गजलगृह नेपालका नाममा समर्पण गरेको छु ।" "आहत मा सङ्ग्रहित घिमिरेका गजलहरू 'माष्टर' त छैनन् तर आज नेपाली परविेशमा देखिएकाभन्दा उम्दा र स्तरीय छन्," गजल समीक्षक कृष्णहर िबरालले आहत को नालीबेली पहिल्याउने क्रममा भने, "यसले सम्भावनाका ढोकाहरू खोलिदिएको छ ।" अघिल्ला मुख्यसचिव विमल कोइरालाको सभापतित्व तथा मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा गजल एल्बमबारे प्रकाश सायमीले समीक्षा गरेका थिए । मोती जयन्तीको छेक पारेर गत भदौ ८ गते सार्वजनिक गरएिका यी कृतिहरू मोतीराम भट्टको गजलयात्राको एउटा राम्रो निरन्तरता हुने विश्वास लिन सकिन्छ ।
Read Full Discussion Thread for this article