Posted by: sajhabusaima August 24, 2006
KATHA-BYATHA
Login in to Rate this Post:     0       ?        
तल्ला घरे घिमिरिनि हजुरआँमा मैले देखेदेखि नै उस्ता का उस्तै थिइन । डल्लि भएका ले पनि होला सायद ७०औ बसन्त र गाला चाउरि पर्दा पनि जो कोहि झुक्न्थे उनको काम गराइ र मेला पात मा गाँउने दोहरि बाट। भाग्य ले ठगिएकि यि हजुरआमा ले ३० बर्ष हुन पाउदा नपाउदै श्रिमान गुमाउनु भएको थियो रे त्यसको केहि बर्ष पछि नै एउटै छोरो शंकर ले पनि दादुरा को शिकार भएर १८ बर्ष मा देहत्याग गरेपछि उनको लागि यो संसार मा एक छोरि भन्दा कोहि रहेन भनेर हजुरआमा मलाइ सुनाउनु हुनथ्यो वच्चा अवस्थामा । बिहान बेलुका घाँस दाउरा गर्ने बुढिहजुरआमा ले सकि नसकि छोरि को बिबाह त गर्नु भयो तर ५०औ बसन्त मै बुढि रोगले ग्रसित हुन थाल्नु भयो रे। जब म बुझ्ने भए त्यस बेला सम्म मा त्यि बुढिआमा को कपाल फुलेर सेता भैसकेका थिए, दात झरेर थोति अनि बसाइ छोरि र छोरि को परिवारका साथमा । मलाइ थाहा छ म बच्चा नै थिए,सयाद म गलत छैन भने त्यो असार को महिना थियो र म २ कक्षा मा पढदै थिए , एक दिन गाँउ का जमिन्दार सुब्बा बाजेको भैसि मर्र्यो, गाँउ मा नेपाल झाँक्रि डाकियो, झाक्रि ले त्यि बुढि आमा लाइ देखाउदै यि बोक्सि बुढिले तिम्रा भैसि खाइन भने, जमिन्दार ले मान्छे लगायर बुढिलाइ चुटनु सम्म चुटे अनि चार मोडा मोडेर माथि पिपल बोट देखि तल जिम्दार घाट सम्म घुमाइयो त्यि बुढि आमा लाइ बोक्सि भनेर चिनाउदै सारा समाजको अगाडि। अस्ति सम्म हामि लाइ पढनु पर्छ भन्दै जंगल देखि लेर्याको रातो माटो र काठ को पाटि लेख्न को लागि दिने त्यि हजुरआमा आज समाजको अगाडि बोक्सि भइन। कुरिति, अशिक्षा र दुर्गम मेरो गाँउ को खवर न त कुनै पुलस थाना मा रजिस्टर भयो न त कुनै पञ्चायत ले नै त्यि जमिन्दार को बिरुध्दमा आबाज निकाल्न सक्यो, अहेब लाइ भेटन त २ दिन हिड्नु पर्ने मेरो गाँउमा डाक्टर को त सायद छाँया पनि पुगेको थिएन होला त्यति खेर सम्म । बुढिआमा न त मर्न सकिन न त अब कसै हाँस्न सक्ने भइन यस घटना बाट। गाँउ मा त्यि बुढि आमा लाइ निकाल्न अनेक असफल प्रयास भए अन्त मा बुढि आमा लाइ नगरेको को गल्ति स्विकार गर्न लगाइयो र त्यो भैसि मारे बापत त्यसको पैसा तिर्ने भन्ने सर्त पञ्चायत ले निर्णय गर्यो, नगरोस पनि कसरि त्यि नै शोसक पञ्चायत का अध्यक्ष थिए। बुढि आमा का दिन हरु बिग्रदै गए एक पछि अर्का आरोप हरु लाग्दै गए यस्तै मा एक दिन छिमेकि भट्ट कान्छा को देहान्त भयो । सबैले बुढिले मारेको भने तर मलाइ यथार्थ ‍ थाहा थियो कि त्यो झाडा पखाला थियो न त त्यि अशिक्षित हरु ले अहेव ले भनेका सुन्थे न त त्यि शोसक का कुरा काट्थे । बुढि आमा लाइ गाँउ बाट निकालियो तर बुढि आमा को जाने ठाँउ कहि थिएन, बुढि दुइ चार दिन सम्म रुदै पागल जस्तो भएर गाँउ का सिमाना मा छोरि लाइ कुरुनु हुन्थयो, हामि हरु ले लगेका खाना आसिर्बाद दिदै खानु हुन्थयो तर एका एक बुढि आमा हराउनु भयो त्यसको केहि दिन पछि बुढि आमा को लास सिमलघाँरि को एकलास बिचमा भेटियो झुन्डिएको अवस्थामा। पुलिस आयो उहि शोसक को कुरा सुन्यो आत्म हत्या भनेर सर्जमिन बनायो तर यति कुरा सोचेन कि त्यति ३० फिट काहालि लाग्दो रुखमा चडेर त्यि ७० बर्षिए हजुरआमा ले कसरि आत्महत्या गरिन,र गरेकै भए पनि किन गरिन होला, अहिले मलाइ लाग्छ त्यस्तो मुर्ख लाइ कसले सहि बनाएको थियो होला पैसा ले कि पावर ले भनेर। त्यस पछि मैले सोचे सायद त्यि हजुर आमा सँग पैसा थियो भने यसरि मर्नु पर्ने थिएन होला भन्ने र त्यो घटना बिस्तारि सेलाउदै गयो छोरि को परिवार त्याँहा छोडेर बर्दिया सरे। अब त हुदाँ हुदा अहिले त्यो सिमलघाँरि लाइ बोक्सि जंगल भन्छन मान्छे हरु र त्यसको बरिपरि जान डराउछन । फेरि बच्चाहरु लाइ भन्नु पर्दा घिमिरेनि बोक्सि आउछिन घर बाट ननिक्लनु तर पनि किन किन मलाइ आत्म देखिनै त्यि हजुरआमा प्रति श्रद्धा छ कि बच्चा मा सायद हात समातेर रातो पाटि मा बाँस को छेस्का लाइ कलम बनाएर क ख लेख्न सिकाएको ले पनि हुन सक्छ । जे भए पनि अन्त मा म के भन्न चाहान्छु भने अरु हजुरआमा हरु ले पनि बोक्सि भनेर यस्तै मरन मर्न नपरोस । जदौ।
Read Full Discussion Thread for this article