Posted by: kp dhungana August 24, 2006
नेताज्यूको ढोकामा एकछिन
Login in to Rate this Post:     0       ?        
नेताका ढोका चहार्ने बानी पनि एउटा रोग नै रहेछ । हरेक दिनजसो नेताका ढोकामा उभिने जमात आफुलाइ पार्टीको सबैभन्दा ठुलो र इमानदार कार्यकर्ता ठान्छ । जनताको सेवाका लागि लडेका भन्दै उनीहरु दिनहुं नेताका ढोका चाहार्दा के आत्मसन्तुष्टी पाउछन् कुन्नि । यसमा एउटा रिसर्च नै गर्नुपर्लाजस्तो लागेको छ, सायद धेरै चर्चित पनि हुन्छ होला । यसैसाता मलाइ पनि हाम्रो जिल्लाका ठुला नेताका ढोकाभित्र छिर्ने मौका मिल्यो । मन्त्री भैरहेका डा रामशरण महत र नभैसकेका अर्जुननरसिंहको विशाल दरवारभित्र छिर्दा भित्रभित्रै खुम्चदै म सोच्छु, किन धुइरिन्छन् मान्छे यहां - यसो लेख्दा नपत्याउदै कुरा काट्नेहरु धेरै होलान । तर यतिखेर म भने उनीहरुकै ढोकामा देखेको एउटा दृष्य यहां उल्लेख गर्ने मुडमा छु । नेताका ढोकामा धाउने अनुहारहरु सधैजसो एउटै र उस्तै हुन्छ, ठमेलमा बेच्न राखेको काठका मुकुण्डोजस्तो । वाक्क दिक्क लाग्ने तिनै अनुहारहरु देख्दा वान्ता गर्न खोज्नेहरु पनि भेटिए । छोरालाइ जागिर र छोरीलाइ ज्वाइ खोज्ने जिम्मा दिन आउनेहरुदेखि लिएर ..... For more http://www.hamroblog.com
Read Full Discussion Thread for this article