Posted by: gwanche August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
'पुन्टे हरायो रे गामबाट' भुन्ने हल्ला चलिर'रैछ गाँठे गाम्मा त । आफु दुई चार दिन मामा घर 'नि जाम्, यस्सो तेतै तिराँ सुन्दर्, सुशिल्, टिकाउ, मजबूत्, भरपर्दो केटी नि हेरम घरबार गर्न, यता हाम्रो गाम्माँ केटी'रु ले पत्या' होइनन भुन्ने सोचेर दुई-चार दिन अलप भा'को, गाम्मा त के के भैसक्या रैछ । पैला त सोचे पुन्टे दाइ मान्छे नामुद हुन्, फेरी कसैलाइ टिपेर चार धाम (;-)) अर्न गा' होलान जस्तो लायो । पैला धोबिनीसँअ चक्कर चल्दा नि चार धाम तिरै गा'थे क्यारे केइ दिन सम्म, धोबिनिलाइ लिएर (तै पुन्टे दाइले ऐले सम्म कसैलाइ बता' छैनन ति चार धाम के के हुन भुनेर) । तेस्तै जुरेलीसँअ पुनी चार धाम ग'कै हुन क्यारे, तेतिबेला त जुरेलीलाइ चिट्ठी दिन जाने पुनी मुइ हुँ । पुन्टे दाइको भुस्तिघ्रे जेठान र भौतेले तेतिबेला मलाई साफ भकुर्या कुरा त सबैलाइ था' छँदैछ क्यारे । आफु थला परिरख्याछु हिजोको कुटाइले, पुन्टेदाइ र जुरेली त टाप कसिसकेछन अर्को दिन । फेरी पुन्ते दाइको जेठान आएर मेरो बुइनी खोजेर ल्याउने भे ले नत्र तेरो लास गायब गर्दिन्छु भुनेर मेरो घराँ धर्ना द्या, द्यै । केइ दिन'छि बल्ल दुबै जना हाँस्दै-खेल्दै मुन्ट्या'थे । खै के के कुरा मिलाउनु भे'छ पुन्टे दाइले आफ्नु जेठानसँअ सप्पै कुरा त सामासुम । यस्तै त हुन नि हाम्रो पुन्टे दाइ भुनेर सोच्दै चौतारी'ट ओर्लिदै'थे तलबाट भौते र गालव पो के के खास्-खुस् अर्दै माथि आँउदै रैचन । हन यिनिहरुको चाला चाँइ ठीक छैन है, यस्सो कुरा त बुझ्नु पर्‍यो के रैछ भुनेर तेइ निर झाडिआँ लुकेर कुरा सुन्न थाले उनिहरुको । मेरी बास्सै..... मोरा'रुले त पुन्टे दाइलाइ 'किन्याप्' पो अर्‍या रैछन । 'त्यो पुन्टेलाइ अझै दुई तीन दिन तेइ राख्नु पर्छ, तेतिबेला सम्म म जुरेलीलाइ सिन्दूर हालेर घर भित्र्याउँछु, तेस्पछि त पुन्टे त के पुन्टेको बाउले नि केइ अर्न सक्दैन' भुन्दै भौते त जोर जोरले हाँस्न थाल्यो, फिलिमाँ भिलेन हाँस्या जस्तै अरेर्, गालब नि साथ दिन थाल्यो भौतेको । लौ अब अर्ने के, कुरा त किलियर भइहाल्यो, पुन्टेदाइलाइ किन्याप अरेको । पुन्टे दाइ अलि अलि छट्टु भे'नी मुन्छे राम्रै हुन मेरालाइ त, जसरि नि बचाउनु पर्‍यो भुन्ने सोचें । न मोरा'रुले मारी नै पो हाल्ने हुन कि जस्तो नि लाएर पुराना कुरा'रु पो झल्झली सिनेमाँ रिल जस्तो घुम्न थाले । मसँअ किताप किन्ने पुइसा नहुँदा किताप किन्दिने नि पुन्टे दाइ नै हुन्, फेरी अलि अलि बदमासी अरे 'नि पढ्नु चाँइ पर्छ है भुनेर सम्झाउने, आफुले नपढेर दु:ख पाको कुरा अर्ने । फेरी अलि अलि चाख्नु नि पर्छ भुनेर धोबिनिआँ भट्टिआँ लगेर जबर्जस्ती जाँड ख्वाउने 'नि पुन्टे दाइ नै हुन । आखिर पुन्टे दाइ मेरोलाइ त जिउँदो जाग्दो कितापै हुन क्यारे । भे'न पुन्टे दाइलाइ मर्न चै दिनुहुन्न भुन्ने सोचेर भौते र गालाउआ कुरा फेरि सुन्न थाले । तिने'रुको कुराबाट था'भो पुन्टेदाइलाइ चाँइ पल्लो गाम्को कमल्याँ गोठाँ हात्-मुख बाँनेर धोक्रोले छोपेर राख्या रैछन । कसरी बचौंने होला त पुन्टे दाइलाइ भुन्ने सोच्दै'थे झल्याक्क्क जिम्मालबाको अनुआर नाच्न थल्यो आँखाँ । बुढा हुन त मसँअ रिसाछन तर 'नि पुन्टे दाइलाइ बचाउन त आउलान भुन्ने सोचेर जिम्मालबाको घराँ गा'को त बुढा त तीन चार दिनदेखि छोरी भेट्न भुनेर अर्को गाम पो गा' रैछन । लौ ढिलो अर्न भे'न पुन्टे दाइलाइ त बचाउनु पर्‍यो भुन्ने सोचेर एक्लइ लागे कमल्याँ गोठतिर । अँध्यारो रात्, कुकुर भुक्या बहेक केइ आवाज छैन्, मुटु ढक्क फुलेर आयो डर लागेर । जे पर्ला पर्ला भुनेर अगाडि बड्दै गए । कमल्याँ गोठ्मा पुगे'छी यस्सो हेर्छु त ढोकाको कुनाँ कोइ सुतिरा' रैछ । तेस्लाई नब्युँझाइ भित्र छिर्नु पर्‍यो भुन्ने सोचेर बिस्तारै अगाडि बड्दै थे, मेरो खुट्टाले तेस्को जिउआँ लागिहाल्यो । को हो को हो भुन्दै त्यो मुन्छे नि उठिहाल्यो । तरचाँ लाइटा हेरेको त त्यो त तेइ जनतरे काकाको छोरो अन्तरे पो रैछ । आरन छ नि तल खोलाँ किनराँ, हो तेइ । अन्तरे त मेरो बच्चा छँदाखेरिदेखिको साथी । फेरी सानो छँदाको १८ वटा गुच्चा लिनु छ त्योसँअ मेरो । तेस्लाइ सप्पै कुरा बताए पछि तेस्ले भुन्यो 'त्यो भौते र गालबेले पुन्टेदाइलाइ लिएर आ'का चार-पाँच दिन यही राखौँ, तिमीले पहरा दिनु, हजार रुप्प्या दिन्छु भुन्या थे ऐलेसम्म आ' होइनन मोराहरु' । पुइसा'नी द्या होइन मु त भोली त तेसै'नी पुन्टे दाइलाइ छोडिदिनला'थे । लौ अब त नै लिएर जा तेरो पुन्टे दाइलाइ' । गोठ भित्र ग'र हेरेको, पुन्टेदाइलाइ त धोक्रोले छोपेर, मुखाँ टालो बाँनेर्, हात्-खुट्टा नि टनक्क पारेर कुनाँ फाल्द्या रैछन । ढिलो अर्न भे'न जे पुनी हुनसक्छ भुन्ने सोचेर तेइ धोक्रो काधाँ बोकेर लड्दै-पड्दै बल्ल हाम्रो गाम आइपुगे । बाटोआँ ठस्-ठस् गन नि आइरा'थ्यो, पछी पो था' पाए, धोबिनिको घराँ लगेर धोक्रो खोल्दा, पुन्तेदाइले त तेइ धोक्रो भित्र दिसा-पिसाप नि गर्नु भा'रैछ । पछि धोबिनिले नुहाइ-धुवाइ गरेर लुगा फेर्दिइन्, के के बर्बराउँदै थे बुढा, मु त असाध्यइ थाकेको थे, घर आइहाले, बल्ल पुग्दैछु । बाकी कुरा त पुन्टे दाइले बताउलान नि, यस्सो बताउन सक्ने भे'छि ।
Read Full Discussion Thread for this article