Posted by: Gautam B. August 18, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
टेण्डी र हिमाल राईको एउटा फाईट हेर्ने मौका मिल्या थियो मलाई पनि। अस्कलको मेन बिल्डिङ अगाडि भिडेका थिए। एकजनाको हातमा खुकुरी पनि थियो। लालचनको ग्रुपले एकचोटि हाम्रो क्लासको एउटा केटालाई क्लासभित्रै पसेर पिटेका थियो। यो लालचन भन्नी मान्छेले एकचोटि बास्केटबलमा हार्न आँटेपछि विपरीत टिमका एकजना साथीलाई मुक्का हानेर नाकबाट रगत निकाल्देको थियो। त्यसपछि ती साथिले खेल्न सकेनन् र लालचनको टिमले जितेको थियो। फुच्चे मान्छेले आफूलाई फन्फन्ती रिँगाएको सहन सकेनछ लालचनले! हामी पढ्दा भने स्ववियूको चुनाव हुनै पाएन। कुमार गुरुङ त्यति सकृय भईसकेका थिएनन् विद्यार्थी राजनीतिमा। अजित दाई पनि अमरिकामा हुनुहुन्छ क्यारे।
Read Full Discussion Thread for this article