Posted by: world_map August 12, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए ग्वाँचे जी, तपाईको गाईजात्राको लेख बल्ल पढेर भ्याएँ, के गर्नु व्यस्तताको कारणले लामा लामा लेख पढ्नै भ्याएको थिइनँ, यतिसम्म कि चौतारीमा लेख्न नि भ्याउँदिन थें। देखिहाल्नुभो नि, त्यही कारणले ठूल्नानी मसित रिसाएर उधुम मच्चाइरा'छिन्, म अर्कैसित लागें भन्ने शंकाले लंका जलाउनला'छिन्, अचम्मै छ भन्या। ;) ल जे भए नि तपाईको लेख चैं साह्रै मनोरन्जक लाग्यो, तपाइको कल्पना र हास्यात्मक प्रस्तुति राम्रो छ। साथै जिम्माल बूढा र पून्टे दाइका कथाले सुनमा सुगन्ध थपेका छन्। मिस्टे, के गर्नु मान्छेको जिन्दगी भन्या यस्तै हो, दुइ दिनको। साँच्चै 'कालमहिमा' कविता चैं मलाई साह्रै घत लागेका मध्ये एक हो।
Read Full Discussion Thread for this article