Posted by: gwanche August 12, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
जिम्मालबा छुटिहाले बुनेसरमा,आफुलाई मतरले छोडि दियो कोतेसुरमा । कत्रो आपत्, बुढालाइ खोज्न फिर्ता जाम्, यत्रो ठुलो सहराँ कता कता पो जानु, याइ निर् बसुम् भने बुढा याँ आउने हुन् कि होइनन्। क्यार्नु, क्यार्नु बरु यो बुढासँअ सहर न आ भे' हुने। यस्तै सोच्दै थे, भौतपुर्.... भौतपुर्..... लौ गै हाल्यो भौतपुर्...... भन्दै एउटा फुच्चे मतर तेइ निर् आइ रोकियो। लौ बुढा गाम्बाटै भौतपुर् भौतपुर् भन्दै थे पक्कै उनि भौतपुर् जन्छन्, म पनि तेतै जानु पर्यो बुढा पक्कै पनि तेतै भेटिन्छन्, भुनेर तेइ मतरमा चढें। मतर चाँइ गज्जबाँ रेछ, मुकेरो बुस् भन्दा रेछन। पछडिआँ सिटाँ गेर् बसेँ। एक छिन'सि मेरै छेउआँ एऔटि अप्सरा जस्ति सुन्दरि आइ। मेरि बास्सै के हो यस्तो सहराँ त, कपडा'नि ला'हो कि न हो, लुकौन पर्ने सप्पै देखा छ, फेरि नाकाँ लाउने फुलि'नि नाइटाँ ला'छे। कपाल् फेरि के हो तेस्तो दुम्सीआँ जस्तो बनाछे, अनेक् रङ् लाछे। 'एक् छुके मी' भनेर मेरै ठाम्मा आइ पुगि, बुझ्या हैन ( पछि पो नेउटेया नातिले बतायो एक्स्क्युज् मे भन्या होला भुनेर।) यो सिट् खालि हो भनेर सोद्छे। कोइ बस्या थेन् तै पनि खालि हो भुनेर सोद्छे, बिचरि अन्धि पो रे'छ जस्तो लायो, फेरि कालो चसिमा नि ला थि। हजुर् खालि नै हो भनेर तेस्लाइ बस्न सयोग् अर्नु पर्यो भुनेर हात् समायेर् बसौन खोजेको, चट्याङ् गर्ज्या जस्तो आवाज् पो आयो, एक् छिन् पछि पो था भो त्यो चट्याङ् त तेइ मोरिआँ हाताँ'ट् मेरो गालाँ बज्र्या रैछ, बङारा हल्लिने गरेर। केटि जिस्क्यौने पाखे मोरो भन्दै किलिन्दरले पोको पारेर तेइ सडकाँ फालि द्यो। कस्तो अचम्म रैछ, सहराँ चलन, कसैलाइ सयोग गरे'नि चड्कन् खानु पर्ने। सौलाघारि भन्ने ठाम् रेछ त्यो। अब भौतपुर् कति टाढा छ था' छैन, फेरि जाने कसुरि त्याँसम्म? जिम्माल् बुढा काँ के गर्दै होलान्? कसरि भेट्ने होला त्यो बुढालाइ, कस्तो आपात आइ पर्यो। यस्तै सोच्दै सोच्दै सडकाँ पेटिआँ बुसिरा'थे, दुइ तीन् जना खाइलग्दा केटा'रु आयेर् के भो बुरो, किन नुन् खा कुखुरा जसरि बसिरा भुनेर सोद्छन्। हन् के हो सहराँ त सबै अन्धा हुन्छन् कि क्या हो जस्तो लायो, जिम्माल्बा पो बुढो हो त, म त अझै जवानै छु, यिनिहरुले त मुलाइ नि बुढो पो देखेछन् जस्तो लायो। लौ न दाइहरु, मलाइ त ठुलो आपत् पर्यो भन्दै सुरु देखि लास्ट सम्मको सबै कुरा बताइ दे। मोराहरुले मैले नबुझ्ने अरेर के के खास्-खुस् अरे आपसाँ अनि सोधे, गाँठ चाइँ कति ल्या छौ नि। कसरि था पा हुन्, मैले गाम्बाट दुइ से रुप्या गाँठो पारेर ल्या छु भन्ने। तै पनि यिनिहरुलाइ बतौनु त भेन पैसा भन्ने सोचेर गाठोआँ त दुइ से रुप्या छैन भन्दे। लौ ठिक् छ सोम्, तिम्रो जिम्मालबालाइ पनि हामि खोजिदिउँला, भौतपुर नि हामि घुमैदिउला, पैला केइ नास्ता अरौँ भुनेर एउटा होटल् भित्र ले'र गे। लौ जे पर्ला पर्ला, बुढालाइ त भेट्टाइहालौला, पैला केइ खाइ हालौ भुनेर गये म'नि तेइ मोरा'रु सँअ। खै के के मगा हुन् के के, सेकुवा-फेकुवा, छोइला-कचिला के के हो के के। फेरि पिउने कुरा पनि टन्न मगाये मोरा'रुले, बोतल् पनि छ, घ्याम्पो पनि मगा'छन्। खाइ दे मुइले'नि, जे जे मगाये'नि। झम् झम् टाउको घुम्या जस्तो भो एक् छिन्'छि त। तेस् पछि त केइ कुर राम्ररि'नि था भेन्, लौ सोम् पैसा तिरौ भुनेर मुलाइ एउटाले भुन्या अस्तो ला'थ्यो। लुगा पनि सबै टोटाल् टोटल् अर्या अस्तो लाग्छ। थुक्क पखे मोरो दुइ से रुप्पे मात्रै रैछ, फसाइ हाल्यो नि मुर्दाले भन्दै एक् लात् हानेर सडकाँ पेटिआँ फाल्दया अस्तो ला' थ्यो नि, हो त रैछ, ऐले सम्म ढाड दुखिरा'छ । खै कति बेलासँअ त्याँ ढल्या ढल्यै थे, जिम्माल्बा बोल्या जस्तो पनि लाग्छ, अर्को कोइ पनि थ्यो कि अस्तो लाग्छ। नेउटे काकाआँ नाति रेछ, पछि था' 'पाये, जिम्माल्बाले भुनेर। तेस्पछि त के के भो के के थाऐ भेन्। आज् बिहान् उठ्दा पो आफ्नै ओछ्यानाँ रैछु। कसरि ल्याछन् जिम्माल्बाले सहराँ'ट थाहै भेन्। नेउटे काकाको नाति'नि आ'रेछ पुर्यौन, जिम्माल्बालाइ एक्लै गारो हुन्छ भुनेर। आज् दिउसो मत्रै फर्किनु भन्दा अगाडि भेट्न आ'थ्यो, कस्तो छ काका भुनेर। यस्तै भो यस्पालि को गाइजात्रा, सहराँ सरै दुख पायियो। झन् जिम्माल्बा बुढा मुन्छे मलाइ भर् हुन्छ भुनेर साथि ले र गाका, बुढा त ओछ्याअन् पर्या छन् रे। आज् त आउँछन् कि खै लठ्ठि टेकेर चौतरीआँ। आज् चौतरीआँ बुढा आये भुने त बताउलान् नि कसरि फिर्ता आयौं हामिहरु भुनेर।भुन्टिको लागि किरिम्- पौडर ल्याइ दिन्छु सहराँ'ट्, पुन्टे दाइको लागि'नी पेटिकोटाँ कपडा ल्यैदिन्छु भन्ने सोच्या थे, ठुल्नानी, सन्नानी, तितौरीहरुको लागि नि मिठाइ ल्याइदिन्छु, मिसको लागि राम्रो कलम ल्याइ दिन्छु, मिस्टे, कुम्ले, गालब, नमेहरुको लागि पनि केइ न केइ ल्याइ दिन्छु भुन्ने सोच्या'थे, झन्नै आफै खुस्क्या। अब् त गइन्न् सहर, हाम्रै चौतारि राम्रो छ, त्यो केइ न केइ को सहर भुन्दा त। अब् अर्को बाजि त जिम्माल्बा आये भुने नि पुन्टे दाइलाइ नै लियेर जानु भन्दिन्छु। (गाइजात्रा मा केइ न केइ ठेल्दिनु पर्यो भनेर गाइ जात्राको दिन् देखि लेख्न थालेको आज् त गाइजात्रा सिद्धियेको पनि दुइ तिन् दिन् भइ सकेछ। असाध्यै रम्रोसँग् जिम्माल बाले आफ्नो तर्फबाट कथा कन्टिन्यु गरिदिनु भयेको मा धन्यबाद। जिम्मालबा 'यु आर सिम्प्लि ग्रेट, आइ ह्याड अ वोन्डरफुल् टाइम विथ् यु, इट् वाज द मोस्ट मेमोरेबल जर्नि इन् माइ पार्ट्'। धेरै धेरै धन्यबाद्। बेला- बेलामा पुन्टे दाइले पनि आफ्नो तर्फबाट् छुस्स छुस्स प्रतिकृया ठेल्दिनु भयेकोमा धेरै धेरै धन्यबाद्। जुरेलिको लागि लप लेटर पठाउने भये फेरि पनि लग्दिउला, तपाइको जेठान्ले थाहा नपौने गरेर। नमे इन्जीनियेरले नयाँ चौतरीको जग हाल्न ला' जस्तो देख्या'थे। भोलि देखि त नया चौतरिमा भेत्ने होला। चौतरी २१ सकिये नि, चौतरी २२मा भेट्नु त छदैछ। सबैको जय होस्।।।।
Read Full Discussion Thread for this article