Posted by: world_map August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए मिस्टे बाबु, तिमी उठ्यौ? तिमीले त्यो फोटो टाँसेर चैं राम्रो काम गर्यौ। अब त ठूल्नानीलाई यकिन भो होला नि त्यो अर्को गामको केटीसित हिंड्ने म होइन अर्कै मान्छे हो भनेर। ल ठूल्नानी हेर, त्यो मेरो फोटो हो त? :P हैन, यो गाममा महाभारत गराउने मन छ कि क्या हो, सबै जना कराते, तक्वान्डो के के देखाम्दैछन्। हुन त हाम्ले नि कुनै बेला 'हुस् गुरू' भनेर त्यस्तो कला सिक्याथेम् क्या, तेसैले डराम्दैनम् हाम्पनि। :D अनि यो नयाँ मान्छे फूलराज त मलाई पल्लो गामका महान् ज्योतिष् दिव्यराज महाराजका छोरा जस्तो लाग्यो। लौन फूलराज ज्योतिष् महाराज, मेरो र ठूल्नानीको लगन निकाल्दिनु पर्यो, अनि त झगडै खतम। हाम्रो झगडा भन्या त 'परालको आगो' जस्तै त हो नि, हैन ठूल्नानीऽऽऽ? ;)
Read Full Discussion Thread for this article