Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
खै पुन्टे दाई, पाल्पालि पाराले साँधेओ हाँसको मासु खा'र उ बेला तन्नेरी हुँदा कम्ता दुख दिनुभएन मलाई तपाईँले। हुन त बिचरा हाँसको मासुले मात्तै त के गर्थो र संग संगै खाको रउसिले हो नि। उतिबेला पुन्टे दाई तन्नेरि थिए मेरो बल्ल बल्ल जुङ्गाओ रेखि बस्तै थो। बाँसटारिआँ मजाले जाडाको घाममा पल्टिरा बेलाँ पुन्टे दाई आ'र जाम माथि तानसेन हाँसको के जाति छोइला र तिनपाने रउसि बजाउलास भने के रे, अनि उकालो लाइयो गाम्लेओ। मजाले खाइयो के रे, त्याँसि त रौसि लाएसि पुन्टे दाई त उतिबेला खै कुन चइनि धोबिनिओ पछि लाग्या थे मलाई अडकल थेन, रौसिओ सुराँ दगुर्न पो थाले। बेला बेलाँ " म आउँदैछु " भन्दै ओरालो झर्छन बा! तल बर्तुङमा पुएर फेरि २ गिलाँस लगाए। अनि फेरि म संगै छ भन्ने नि बिर्सेर " लु पातली म तिम्लाई लिन आएँ" भन्दै तल घर तिर झर्नु त कता हो सटकै सटक मास्तिर पो लाग्छन बा! पुन्टे दाई अघि अघि म पछि पछि....बल्ल बल्ल आर्याभन्ज्याङाँ पुएसी पुन्टे दाई थाकेछन, अनि उतिबेलै तेत्रो साँढेओ जत्रो ज्यानलाई सकिनसकी घिसार्दै घर ल्याईपुराको। कुराओ सुरमा पुन्टे दाईको उ बेलाओ कुरो सपे खोतलेछु के क्या हो? भाउजु रिसाउनुभयो भने मार्ने भए पुन्टे दाईले... जे भ' नि दाई हुन, अम्रिकै भ'नि जानु परो, बाह्र बर्समा बल्ल बल्ल बोलाका छन् :)
Read Full Discussion Thread for this article