Posted by: Poonte August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लमजुङतिर त आफू पुगे कै छैन के रे। जाने भए जाम, लु बिर्खे! मेरो गाईड तिमी ने के रे। जाँ जाँ लान पर्छ, जे जे गराउन पर्छ, सबै तिम्रै जिम्मा! अब, हाँसको छोईलै खाने भए त पाल्पातिर नि पसम के रे। तान्सेनाँ मेरी धोबिनीको काका बौ को ससुराको भाईको जेठो छोराको साथी छ भुन्थे, २-४ रात बास दिन्थे कि? नभए, साँच्चीको कुरो अर्दा, यो अमरिकाँ कता तिर हो कुन्नि? म नजिकै भए त आऊ के रे। हाम्काँ त पाईन्च हाँसको मासु। बेलाँ बेलाँ पाल्पाली पाराले साँध्ने ग-या छु के रे। रउसी चईं हाँडीआट कोदाऽ नभई फरेन बोतलाँट के नाम ह्विस्की भन्चौ कि रम भन्चौ कि ब्रेन्डी भन्चौ, खान दिम्ला। कोदाऽ रउसी नि लाएथें के रे आम्दा खेरि। दुई बोतल चाड पर्वमा चुस्की लाम्नि भुनेर, चाडपरव आम्न दुई महिना अघि नै दुई दिनाँ चेट्! बरु, आधा सिसी खुकुरी रम चईं छ, ल! तिमी आम्नि हो भुने साँचेर राखम्ला। कस्सम्! चित्रेलाई खोज्न तो पुलिसको बढेमानको जे भुने नि लुसुक्क मान्नि, कान चुचो चुचो भा’को, मुख हेर्दा स्याल जस्तो कुकुर छोडम्, ठुल्बुईनी? तेल्ले भेट्टायो भुने त फोन सोन नि अर्दैन, मुखाँ झुनडाएर तिम्रो गोडा निरै ला’र थपक्क राख्दिन्च चित्रेलाई! खै, ताल पारि बस्च के रे चित्रे! कतै तेतैको गोरानीहुरसंग जोईला त गएन? अनि, के जाति, दुवै हातले मत्र ताली बज्छ के, ठुल्बुईनी! राखी बाँध्न आए पो कोसेली नि दिनु हो! बिनासित्तैमा बसि बसि पाईन्च कि के हो? किन्देर त राखिदेको छु के रे एक जोर पित्तलको झुम्का! :p
Read Full Discussion Thread for this article