Posted by: Birkhe_Maila August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हन हिजाज माष्टरनी नानी कता लाउनुभएछ? मैले नि पाठ नपडेओ जुग भओ। गामका भुराभुरीलाई इस्कुल नभएसि के चाइयो र, एक हुल उरनठेउला भुराभुरिहरु तल बैदामेको रह मा पौडि खेल्दैछन। भुमरीमा परेर सिलटिम्मुर खालान भन्ने डर। अर्को हुल चाइँ तल कान्लामा खोपि खेल्दैछन्। साह्रै बिउरेर जाने भ' केटाकेटिहरु। अस्ति त झन तो लिखे र मसिने इस्कुल पछाडि बसेर तास खेल्दै चुरठ तानिराका, मलाई देखेसि तल झारेर खुट्टाले टेकेर छोपे बजियाहरुले, म जान्दिन र चुरोठ खाएको? तेस्ता चुरोठ त गोडा हजारेक फुकियो होला तन्नेरि बेलाँ!
Read Full Discussion Thread for this article