Posted by: Gautam B. August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लु एउडो कविता सुन जिम्माल तेसो भा'। "स्पेस दिम्!" हजामलाई जगल्टे केश दिम् घोडालाई टुँडिखेलमा रेश दिम् जाबो एक लाख रोपनीमा त निसास्सिइहाल्छ नी शेर खाँ राजालाई अलि ठूलै 'स्पेस' दिम्! 'जंगे'हरुलाई सम्मान विशेष दिम् खुमे-वाग्ले-गोविन्देलाई क्लीन फेस दिम् गगने-सगने भाँडमा जाउन् शेर खाँ बरु पारसेलाई 'स्पेसै-स्पेस' दिम्! दलको सप्पै गोटी चाल्न शुशिललाई चेश दिम् सुजातालाई विभाग विदेश दिम् पछि त यो नी पर्धान-मुन्तरी हुन्छे शेर खाँ त्यसैले राजालाई 'स्पेस' दिम्!
Read Full Discussion Thread for this article