Posted by: Nepal ko chora August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लु, मो पनि चौतरीमा आयो है। २-४ दिन खासा तिर नुन लिन गाको थो, बाटो त क्या सारो रै छ नि हो, आफ्नो चौरी झन्डै खसेको त्यो घोप्टे भिर बाट कर्नालीमा। आज यहि चौतारीमा थकाइ मारेर भोली बिहानै गाउ तिर लाग्नु पर्ला। हैन गाउलेहरु के कुरा गर्छ + अनि - को, आफु तो जम्मा ४ कलास पढेको है, त्यो पनि धेरै अगाडी, अहिले सम्म त सबै बिर्सि सक्यो। आउने भनेको जम्मा ३ + २ = ५ र ३ - २ = १ मात्र हो। सहिलाले + को बिच बिच मा सन्ख्या हल्न भुलेछ जस्तो लाग्यो है मलाइ त। आफ्नो हिसाब फेरि एक दम कमजोर छ। ल गाउलेहरु रमाइलो गर्दै गरम है, म चाइ मेरो चौरीलाइ घास हाल्न गयो।
Read Full Discussion Thread for this article