Posted by: Poonte August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
साहिलालाई मेरो पनि समर्थन छ। हुन त, मास्टर्नि नानीले उठाउनु भएको कुरो पनि जायजै हो। साझामा चौतारीले एक उच्च स्तरको साधरणतया अश्लिलता विहिन मनोरण्जनात्मक धागोको स्थान लिएको, र यस स्थानलाई कायम राख्नु पर्छ भन्ने तर्कमा मेरो पनि दुई मत नहोला। यस बिषयमा म मास्टर्नि नानिको जत्तिको कदर गर्छु, उत्ति कै वहाँको बिचारलाई पनि। तर, साहिला ले प्रयोग गर्नु भएको “‌‌‌+++” को बारेमा… माथि नेपेले भने जस्तो कति पय नमिठा शब्दहरुको प्रयोग हाम्रो बोलीचालीमा प्रशस्त प्रयोग हुने गर्छन्, बिशेष गरि तरुणो उमेरका केटाहरु बीच। अहिले यो उमेरमा त्यस्तो बोली त्यागि सकेको भए पनि म पनि त्यसरी ने हुर्कें, र मलाई लाग्छ अक्सर गरेर हाम्रा अन्य दाजु भाई पनि त्यसको भागि हुनु हुन्छ। त्यसरी पर्याप्तिमा प्रयोग हुने गरेका अश्लिल शब्दहरुको अभिप्राय अनुचित भएमा मात्र त्यसको अर्थ र सान्दर्भिक्‌ता पनि अनुचित हुन जान्छ भन्ने मेरो राय छ। हैन भने, अभिप्राय अनुचित नभएको खण्डमा, कुनै पनि लेखमा यथार्थलाई स्वीकारेर जस्ताको तस्तै प्रसतुत गर्दा उक्त लेखको मिठासले अर्कै बिशेष स्थान लिन्छ जस्तो मलाई लाग्छ। यति भन्नुको अर्थ यो होईन कि समाजमा रहेका हरेक अश्लिलता नाङ्गो र खरो रुपमा प्रस्तुत होस्। यसको निम्ति कहिले “metaphore” को प्रयोग गर्न सकिएला, त कहिले “censor” को। साहिलाले “sensitive” पाठकहरुलाई ध्यानमा राखेरै, अनि ऊनीहरुको उचित कदर गरेरै “+++” को प्रयोग गरि केहि तेस्तै शब्दहरुलाई “censor” गरेका छन्। जसमा मेरो कुनै व्यक्तिगत संकोचको साटो प्रशंसा मात्र छ। अन्तिममा, समाजमा रहेका “अनुपयुक्त” ठहरिने बोली, व्यवहार र चलनहरुको यथार्थलाई सीधै सामना गेरेर मात्रै चाहनेलाई त्यस्ता अप्रिय चलनहरुको उन्मूलन गर्ने दिशा तर्फ लाग्न सकिन्छ भन्ने मेरो बिश्वास छ। “Avoid” गेरर हुँदैन। बिचार, सोंचाई र रायमा भिन्नता हुनु स्वभाविकै हो। कसैलाई मेरो सोंचाईसंग मञ्जुर नहोला। तर नामंजूरीको कारण एक अर्काप्रति संकोचित भावना राख्नु मेरो अभिप्राय न कहिल्यै थियो, न कहिल्यै रहने छ। चौतारीका सम्पूर्ण गाम्लेहरु प्रति मेरो प्रेम, आदर, तथा मित्रता यथावत रहेको छ। मेरो दुई कौडी। भुलचुक माफ! :)
Read Full Discussion Thread for this article