Posted by: Gautam B. August 7, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
फेरि मिसिँदैछु यो यात्रामा। "आर्या" कुहिरो भित्रको सानो बस्ती- बिहानीको कलिलो घाममा खुल्दै खुल्दै आएजस्तो, सफा दिनको निलो आकाशमा- हिमाल नाघेर एक हूल डाँफेहरु उड्दै उड्दै आएजस्तो, मैले पर्खेर बसेका सपनाहरु- विस्मृतिको एक युग पछि डुल्दै डुल्दै आएजस्तो, यस्तो लाग्छ तिमीसंगको हरेक दिन- कुनै मीराको नाचले मेरो आँगन भरेर, कुनै आदिम-अनवरत खुशी मेरो मनको कोठा-कोठामा छरेर, एक जोडी निर्मल निश्चल आँखाहरु मेरो काखमा झुल्दै झुल्दै निदाएजस्तो ।
Read Full Discussion Thread for this article