Posted by: Poonte August 7, 2006
Login in to Rate this Post:
0
?
तो के नाम भिडिओ सिडिओ तरिका राँरी नआम्निले राख्न खोजो भन्देखुन बाङ्गिन्च के चौतारी। अन्खेरुन्, तो भिडिओ चईनि पछिल्लो पानाँ पुगो भन्देखुन फेरि सोझिनि रे। मेरी धोबिनी मोरी धामी बिध्धा सिकेर आईछे के रे तो पारि गामको बौसिनिले सारै साताओ भुनेर। उसैले भुनेको मलाई त चौतारीको रोग बारे पुनि। लौ। अब्देखुन् जो जो ले भिडिओ देखाम्नि हो, अलि बिचार पुरा’र टाँसुम के रे, होईन भन्देखुन् चौतारी कोल्टे पर्दा सबै गाम्ले हुर चिप्लेर सिधै कालीआँ चुर्लुम्मे हुम्ला। हामी त लाहुर छँदा पौछिन सिके थेम् के रे, बाँचुम्ला। कालीले बगार ऊऽऽऽऽऽऽऽ उता के नाम बनारसको किनारै निकाले नि! अन्खेरुन गोरखपुराँ पेन्सिन थापेर चईनि फेरि बसाँ देसिको ममफलि चपाम्दै फर्किम्ला!
कुम्लेओ कथाले हामी बिटिस लाहुरे हुँदा बर्माँ डड्याम डड्याम् बम पड्काम्दै दुस्मनको गोलीको सामना अरेको याद आयो के रे। साहिलाले चईं फेरि तो के नाम टौदहतिर माछा मार्न गा’को याद दिलायो। लेखन त जान्नि हुन् दुवै। हाम्पुनि तेसतरि लेख्न जानी भे त नामै बदलेर चईने भानु पुन्टे भक्त राख्ने थेम के रे। क्यार्नु? धोबिनीलाइ फकाम्न र सालीलाई घुमाम्न पढ्न परेन के रे। अब तो शहरकी पढे लेखेको लाई फकाम्नि हाम्रो धोको तेस्तै हो। साली नि अलि अलि त पढे लेखेकि छे के रे। तई भे र नि बरु बउते काजी के जिम्मा लाईदो, हाईसन्चै!
दिपेले नि फेरि फुरायो कविता। मन छुनि, गाँठे, चसक्कै! एक लईन त मेरो लागि नि थप्दै हुँदो हो के रे:
मौलाएर झरेको
हजारौं कपाल हुँ म
हरहरेर सिनित्तेको
एक खप्पर हुँ म
मैले फका’र भउतेले भगा’को
सालीको भेना हुँ म।
नारायण, परभु! थकाई लाओ। धेरै बोल्न नि ज्यानै जाला जस्तो यो बुढेसकालाँ! स्याईईईईईईईईईई