Posted by: Deep August 7, 2006
Login in to Rate this Post:
0
?
को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---
सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म
मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म
भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म