Posted by: Mirmiray August 4, 2006
Nepali Celebrities stuck in US
Login in to Rate this Post:     0       ?        
एउटी चेली त्‍यँहा गएर गरेर खान खोज्‍दा के भो त? राम्रो नै मान्‍नपर्छ। लाँखौ लाखलाई ठाँऊ हुँदा उसलाई किन नहोला त? मुख साह्रो चिलाएको हो भने भारतको नर्करुपी वेश्‍यालयमा छल गरेर पुर्‍याएका हजारौ हाम्री चेलीहरुका उदधारको वारेमा भनौ। कसरी हुन्‍छ ती घटनाहरु!! घट्‍न र घटाउन बाट वचाँऔ। भारतका वेश्‍यालयहरुमा हाम्री चेलीहरुको दुर्दशा र दुर्भाग्‍य देखेर लाग्‍छ ---माउन्‍ट एभरेष्‍ट, वुद्‍ध र गोरखालीमा गौरव राख्‍ने हाम्रो शिर र नाक (चुच्‍चे र थेपचे जे भएपनि) कँहा देखाउने? नेपाल दिनहु विश्‍वको सवैभन्‍दा गरीव देश भएर गइराखेको छ; राजधानीमा कतिको मोज छ। लेख्‍न र भन्‍नलाई त जे भनिदिए पनि भो, आदर्शका कुरा गरेर मात्र भएन। एउटा राजधानी सम्‍म सफा राख्‍न नसक्‍ने सरकार छ, जो आएपनि। सडकमा हिडँदा फोहोरको गन्‍धले हिडँनपरनेहरुले नाक खुम्‍चाएर हिँडछन, नत्र गाडीमा सवार हुनेलाइ के थाहा र के सरोकार। नेपालीहरु साधारणत फोहोरी हुन भनौ भने कतिपय ठामहरुमा सफासुघर वस्‍नेहरु पनि छन। राजधानीमा नेपालीहरुलाई आफ्‍नो बैठक र पुजा धर्मादिको नाममा सफा भए पुगो। स्‍वास्‍थ्‍य मत्रालयमा मूत्रको वासना चलेको हुन्‍छ; वीर अस्‍पताल वर्षौ देखि माझेर मसकाएर सफा गरिएको छैन। कोहि भन्‍छन - छिँडी र पिँडीमा फोहोर गरनेलाइ जनताको स्‍वास्‍थ्‍यको के मतलव। गोश्‍वारा हुलाक अघिको शौचालयमा गन्‍धले मात्र उर्जा वनाउने हो भने नेपाल धनी हुनेछ। आशुजी, तपाईको नेपाली टाइम्‍सको कलममा लेख्‍नुहोला, नेपालीलाई शहर र ठाम परिष्‍कार राख्‍न किन नआएको होला? हाम्रा मँत्रीहरु, योजनाविदहरु देखि ऐरे धैरे लुईरे सवै कर्मचारीहरु विदेश गएर देखेका छन कस्‍ता सफा राखिनपर्छ भनेर। ओहदामा भएकाहरु विदेशमा हुदाँ त्‍यँहा देखेका जस्‍ता हाम्रा नेपालमा यस्‍ता उस्‍ता गर्नपर्छ भनेर धाक लाउछन, तर नेपाल फर्के पछि त्‍यही चर्पी गन्‍धेमा झ्‍वाम्‍म! एयरपोर्टमा आईपुगेपछि सबै विर्सिने शपथ लिएका छन क्‍यारे! शहर सफा गर्न सार्क सम्‍मेलन नै पर्खनुपर्ने? एयरपोर्रटको कुरा गर्दा के सझना भो भने त्रिभुवन एयरपोर्टको चर्पी, दुवै आऊने र जाने, यति फोहोर छन कि त्‍यहा पनि गन्‍धको ऊर्रजाको उद्‍योग सचालन गरे पनि हुन्‍छ। न त पानी, न त पेपर। चारैतिर फोहोरै फोहोर। सरकारी हाकिमको अफिस, सेरोफेरो, र पियनले चिया वनाऊने ठाम त जन्‍डीस र के के को खानी हो खानी। वाहिर वाट राम्रो देखिए भइगो। नेपाली मेनेजरहरुको एम. बी. ए. को पहिलो पाठ र जनस्‍वास्‍थ्‍यका कार्यकर्ताहरुको त्‍यँहा वाट शुरु हुनपर्छ। पर्यटनका जिम्‍मा लिएर वसेकाहरुले आँऊदा-जाँदा भीआईपी र विजनेस लाऊन्‍ज मात्र होइन, दुइटा सम्‍म उडान हुँदा फोहोर बाथरुममा यात्रुहरुले भोग्‍नपरेका दुख वुझ्‍न ती बाथरुममा पनि जानपर्‍यो। अन्‍तमा, आशुजी,नेपाली टाइम्‍स वा हिमालखवरपत्रिकालाई पत्र मार्फत यी गुनासोहरु पोखु भन्‍ने सोच्‍दैथिए, यो साझा मार्फत नै तपाइलाइ पोखिदिए। अझ एउटा सुझाव के भने, खालि सरकारको मात्र मुख ताक्‍न भन्‍दा पर्यटन व्‍यवसायी र अरु शुभचिन्‍तकहरुले आफै ऊदाहरण पेश गर्नपर्‍यो। पहिले कदमका रुपमा, अन्‍नपुर्ण होटल अघाडिको सडकमा, जँहा थाई, लुफ्‍टहान्‍सा, नाँगलो, येती, इत्‍यादि अफिस छन, पेटीमा सफा टायल राख्‍नपर्‍यो र खाते र मगन्‍तेहरुको भीड हुनदिनुभएन। चटक्‍क फुल गमलाहरुले सजाएर सफा राखे भोलि त्‍यो न्‍यरोड र अरु ठामहरुले पनि सिक्‍नेछन। त्‍यतिका भाडा उठने ठाममा घरधनीले पनि गर्नपर्‍यो वा पर्यटन व्‍यवसायमा सलँग्‍न अफिसहरुले नै यो उदाहरण प्रस्‍तुत गर्नपर्‍यो। कति सरकारको मात्र मुख ताकेर वस्‍ने? प्रत्‍येक अफिसले महिनामा एकदुइ हजार दिन नसक्‍ला त? नेपालीहरुले आफ्‍नो आगँन आफै सफा राखौ। किन होला पजिटिभ थिगँकिगँका रथी पर्यटन व्‍यवसायी कर्ण शाक्‍यजीलाई यस्‍तो सोच आएन रहेछ। यो कुरा र त्‍यो 'ग' वाट आऊनेलाई जता चलायो ऊतै लाग्‍छ भन्‍छन। लामो भयो; समाप्‍त गरौ होला।
Read Full Discussion Thread for this article