Posted by: Ishwor August 2, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
माथि शिरिष गुरु को कथामा थपथाप मात्रै सप्पै चैं होइन । --------------- अमेरिकामा:'बाबु कुन जातको पर्नु भो को'नि?' शिरिष:"बाहुन भन्छन् नेपालाँ। " अमेरिकामा: 'बाबुले कति पढ्नु भा हो?' शिरिष:"अबको एक बर्ष पछि जाँच सकिन्छ अनि दाक्टर लेख्न पाइन्छ।" अमेरिकामा: ' अनि बाबु को बिहे भो?' शिरिष:"छैन" अमेरिकामा:' मेरी २टी छोरी पनि बिहे गर्ने बेला भाथ्यो। एउटीले त नर्सिङ्ग पढ्छे। बाबु के बिचार छ। फोटु हेर्ने भए म सँगै छ ।' शिरिष: (मनमनै) "होइन भन्या यो बुढोले त अहिले नै छोरि भिडाउँला झैं गर्यो बा भएन । भगि हाल्नु परो।" अमेरिकामा:'(फोटो बगलिबाट निकाल्दै) ल ल हेर्नुस् रामरी छे। आफु लाइ त सानि लाग्थ्यो तर के गर्नु। हलक्क बढेर यत्री भैसकिछे।' शिरिष: "मेरो साउथ स्टेशन आई पुग्यो लागें है " यत्ती भनेर जानै के लागेथें "लानुस् लानुस्"भनेर एक पोका स्याण्डविच थम्याई दिए मेरो हातमा यो अमेरीकामा साथमा फोटो पुनि सँगै रैछ। -------------------------------- कसैको बास्तबिक जीबन संग मिले केबल संयोग सम्झनु होला । मिल्यो भने भउतेसिति । मलाई के को टनटन । लेक्ख्न त भुत्रै सिति लेखेको , गल्ति ले मिस्टेक भे छ माफ् पाउँ होइ। :-)> ईश्वर
Read Full Discussion Thread for this article