Posted by: shirish August 1, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
"ए तपाई नेपाली हो?" पछाडीबाट मेरो कांधमा हात हाल्दै एउटा आवाजले सोध्यो ! मैले हो भनें ! "ए बडा खुशी लाग्यो, मेरो नाम राम ! यो अमेरिकांमा पनि रेलमा टन्न नेपाली भेटिदो रहेछ ! हिजो अस्ती नि भेटें ! नेपाली केटीहरु पनि कस्तो फोहोर फोहोर कुरा गरेर बस्ने नि यो अमेरिकामा ! नेपाली केटाहर त हेर्नै न लाग्दैन पो भन्छन् है यो अमेरिकामा ! हैन अमेरीकांमा आउनु भा’को कति भो?" "चार बर्ष जति भो !" "ए यो अमेरीकांमा म आएको ठ्याक्कै एक बर्ष पुग्न आट्यो ! यो अमेरीकामा त दिन पनि कति छिट्टो बित्दो रहेछ ! यो अमेरीकामा आएको हिजै जस्तो लाग्छ ! अनि बसाई कता तिर नि ?" "नेटिकमा बस्छु!" "कता हो नेटिक भन्या? सत्ते अमेरीका आए देखि कंहि गा’भए ! यो अमेरिकामा गाडी नभई केही गर्न पाए ! कति बिशाल रै’छ हो यो अमेरीका त ! अनि अमेरीकामा तपाईको हरियो पत्ता छ?" "के हो हरियो पत्ता भनेको ?" मैले सोधें ! " अमेरीकाको ग्रीन कार्ड के ?" " परमानेन्ट रेजीडेन्सी छ !" "के के हो के के यो अमेरीकामा ! त्यसो भए तपाईको कागज भा’को कि नभा’को यो अमेरीकामा ?" "लिगल हो ! अनि तपाईको नि ?" "आफ त तेही हो ! आर्काको टुरीष्ट भिसामा आईयो फोटो फेरेर यो अमेरिकामा ! यी बसिया छ तैतिकै यो अमेरिकामा ! कनै दिन समाइए फर्कन पर्ला यो अमेरीकाबाट !" "अनि कंहा काम गर्दै हुन हुन्छ त ?" "यो अमेरिकामा का पाउन केही गाह्रो हुन्न रै’छ ! पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! टिप्स पनि नदिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ ! अहिले स्याण्डबिच पसलमा ! गाडि जान्या भए पिजा डेलीभरी गर्न हुन्थ्यो। टन्न टिप्स पो हुन्छ भन्ने सुन्छु ! के को लाज काम गर्न यो अमेरीकामा हैन त, साथी ! अनि तपाई चाहि के गर्न हुन्छ नि यो अमेरीकामा?" सब-वेमा अंगालै मार्ला जस्तो गरेर उनले भने ! "म यूनिभर्सिटिमा काम गर्छु !" "बसेर गर्ने का कि उठेर? दई थरीका हुदो रै’छ यो अमेरिकामा !" "कहिले बसेर कहिले उठेर !" "बसेर गर्ने बेला त हरियो कमाउनु हुन्छ होला नि यो अमेरीकामा ! कति कमाउनु हुन्छ?" "अलि अलि। ट्याक्स पछि भाडा तिर्न र अरू खर्च गर्दा पुग्छ ! फेरी रिसर्च मा अरु जस्तो पैसा पनि त छैन नि ! त्यहि चालीस पचास हजार त हो नी" "ए टयाक्स पनि लाग्छ यो अमेरीकामा ? तपाई भन्दा त बढी मैले पो कमाउदो रहेछु ! आफू त क्यासै बाहेक केही गरिन्न आफू त अमेरीकामा सात सात जना साथी मिलेर बस्या छौ दुई सय लाग्छ महिनाको ! फेरी आफ्नो त ब्रेकफाष्टै स्याण्डविच, लन्चै स्याण्डविच, डिनरै स्याण्डविच यो अमेरीकामा ! डेरामा कोही साथीहर भात पकाएर खान्छन् बिजुली बालेर ! आफू भने बिन सित्तीमा बिजुलीको पैसा मात्र तिर्न पर्छ ! आफूले त यो अमेरीकामा आधा धण्टा बत्ति बाल्या भए त के ! बिहानै उठ्यो.....काममा गयो... सुरङ्गै सरङ्ग राती फर्केर आयो सुरङ्गै सुरङ्गै... यो अमेरीका भनेकै सुरङ जस्तो लाग्न थाल्या छ ! बरू तपाईलाई नि भोक लाग्यो होला, स्याण्डविच खानु हुन्छ ? चिकेन नि छ, रोष्टेड बिफ नि छ ! यो अमेरीका बसे पछि बिफ पनि दिन पर्यो नि ! बाहून हिन्दू भनेर कहा साध्य ? झोला म तिर फर्काउदै भन्यो !" "हैन म मासु खान्न !" "यो अमेरीकामा पनि थुप्रो मान्छेले नास नखादो रै’छ ! भेजीटेरियान नि छ, मशरूम वाला। भोली ब्रेकफाष्टलाई भने र ल्या’को, बिहान बिहान के मासु खान भनेर ल्या’को ! आफू त खादा खादा हैरान। पेट त पानी मात्र पिए पनि बढ्ने रे’छ यो अमेरीकामा !" "मेरो साउथ स्टेशन आई पुग्यो लागें है " भनेर जानै के लागेथें "लानुस् लानुस्"भनेर एक पोका स्याण्डविच थम्याई दिए मेरो हातमा यो अमेरीकामा !
Read Full Discussion Thread for this article