Posted by: Jawala July 19, 2006
Some Interesting Articles
Login in to Rate this Post:     0       ?        
भूमिबाहिर हिसिला भोजराज भाट जति कम पढ्यो, महिलाको स्यान्डिलको उचाइ उति नै ठूलो देखिने । बोलीचाली, लवाइ-खवाइदेखि उनको जीवनशैली पनि बिल्कुलै फरक । सायद यो आधुनिकता झल्काउने नेपाली समाजको 'मौलिक' आडम्बर थियो । यस्तो कृत्रिमता देखेर हिसिला यमीलाई लाग्थ्यो, यो चेतनाको अभाव हो । जहाँ अशिक्षा हुन्छ, त्यहाँ यस्ताखालका खराब प्रवृत्तिले मौलाउने अवसर पाउँछन् । भारतको कानपुरस्थित 'आइआइटी' बाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किदा हिसिला यमीले फरक अनुभूति गरिन् । भारत पुगेर धनीका घरमा भाँडाकुँडा माझेर जीविकोपार्जन गरिरहेका महिलाको दिनचर्या र नेपालमा देखापर्न थालेका ठूला स्यान्डिल लगाउने महिलाको दिनचर्याबीच ठूलो विरोधाभास थियो । ४६ वषर्ीया हिसिला भन्छिन्, 'यी दुवै अशिक्षित वा अर्धशिक्षित महिला हुन्, एकथरि चरम श्रम शोषणमा परेका छन् भने अर्काथरि फेसनको काल्पनिक दुनियाँमा रमाउन खोज्दैछन् ।' नेपाली समाजको यस्तो विभेदीकरण देख्ोर हिसिलाले उच्च शिक्षा पढ्ने क्रममा भविष्यमा समाजसेवा गर्ने अठोट लिइन् । त्यसबेला उनी महिलावादी पत्रिका 'मानुषी' सँग सम्बद्ध भैसकेकी थिइन्, जहाँ माक्र्सवादीहरूको जमघट हुन्थ्यो । यहीँबाट उनी महिलावादी पनि हुन थालिन् । काठमाडौंको सम्पन्न घरानामा जन्मिएकी हिसिला परिवारकी कान्छी छोरी हुन् । उनले सबैबाट प्रशस्तै लाडप्यार पाइन् । १० वर्षको उमेरदेखि भारतमा अध्ययन गरेकी हिसिलाले व्यक्तिगत दुःखको अनुभव गरेकी थिइनन् । दुःखको पीडा अरूको भोग्ााइबाट बुझ्दै गएको उनी बताउँछिन् । दिल्लीको 'स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर' मा स्नातक गर्ने बेलासम्म उनको सोचाइमा निकै परिवर्तन आइसकेको थियो । चण्डीगढबाट बीई आर्किटेक्चर सकेर दिल्ल्ाीमा उही कलेजमा भर्ना भएका बाबुराम भट्टराईसँग हिसिलाको पहिलो भेट छात्रावासको खाना खाने मेचमा भएको थियो । दुवैबीच परिचय भयो, हिसिलाका पिताका बारेमा उनीभन्दा बाबुरामलाई धेरै जानकारी रहेछ । बाबुरामले नै उनका पिता राजनीतिमा आबद्ध छन् भनेर बताए । त्यतिखेर उनी छक्क परिन् । त्यसअघि बुवा राजनीतिमा संलग्न भएको कुरा उनलाई थाहा थिएन । काठमाडौंका रैथाने धर्मरत्न यमीले राणाविरोधी आन्दोलनमा सर्वस्वहरणसहित जन्मकैद पाएका थिए । राणाविरोधी आन्दोलनपछि धर्मरत्न राजा त्रिभुवनसँग नजिक हुन पुगे । २००९ सालतिर मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनी वन मन्त्रीसमेत भए । त्यसपछि उनको निकटता पञ्चायतकालका नेताहरूसँग भयो । अनौठो कुरा, तिनै पञ्चसमर्थककी छोरी हिसिला कसरी कट्टर कम्युनिस्ट हुन पुगिन् त ? उनी भन्छिन्, 'यसको श्रेय तिनै नेपाली अशिक्षित नारीलाई दिनुपर्छ । उत्पीडनमा परेका महिलाका लागि यथास्थितिबाट केही गर्न सकिन्न भन्ने हिसाबले म कम्युनिस्टप्रति आकर्ष्र्ित भएकी हुँ ।' उनको कम्युनिस्टप्रतिको झुकाव अखिल भारतीय नेपाली विद्यार्थी संघमा आबद्ध भएपछि बढ्न थाल्यो । त्यतिखेर संघका अध्यक्ष बाबुराम थिए भने महासचिव हिसिला थिइन् । नारीसँगको संक्षिप्त कुराकानीमा बाबुरामले बताए, 'त्यो राजनैतिक सहकार्य र एउटै कलेज, एउटै होस्टल आदिका कारण हामीहरूबीच वैचारिक परिपक्वतामा प्रेम चल्यो, अनि विवाह गर्‍यौं ।' यद्यपी उनीहरूको विवाहको कारण यतिमात्र थिएन । डा. बाबुराम भट्टराई 'नेपाली एकता' पत्रिकामा काम गरेर डेरा र्फकने क्रममा पछाडिबाट मोटरले हिर्काएकाले ४८ घन्टासम्म बेहोस भए । त्यो बेला हिसिलाले ठूलो सहयोग गरेकी थिइन् । त्यसपछि उनीहरूबीचको सम्बन्ध प्रगाढ हुँदै गयो । २०३७ सालमा भारतमा उनीहरूको विवाह भएको थियो । More at : - http://www.kantipuronline.com/kol/nepali/nari/bektito.php
Read Full Discussion Thread for this article