Posted by: gaalab July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
पाठकबर्ग सबैलाई धन्यवाद! चित्रे -- कमेन्टको आशमा छु। कुम्ले -- बाँकी अंशको पाण्डुलीपि अहिले केरकार गर्दैछु। त्रितीय अंश भोलितिर तयार हुन्छ होला, त्यहीबेला राखौंला। पृति सान्नानी -- एकै शासमा पढ्दिया? बाफ्रे! ज्यानमा अक्सिजन नपुग्ला होला है! :) तपाईंको पनि अनुभवहरु पढ्ने आशमा छु। ठुल्नानी -- म पनि त्यति धेरै जन्त गएको छैन। सानैदेखि बाहिर भएकोले धेरै मौकाहरु गुमाइयो। तर, जे जति जन्त गइयो ती सबै अविस्मरणीय छन्। ल ल, गाउँमा बिहे गरियो भने जन्त लगौंला। आफू चिम्सेको बिहेमा निम्तोबिना त गइयो, तपाईंलाई त अग्रिम निमन्त्रणा छ। बरु जन्त जाँदा हिंडेको नक्शा पनि हेर्नुहोस्।
Read Full Discussion Thread for this article