Posted by: shirish July 17, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
इलामको साहित्यिक सेरोफेरोमा गजल परम्परा सचित र्राई नेपाली साहित्यको माध्यमिककालमा अरबी, फारसी, उर्दू हुँदै हिन्दी साहित्यको प्रभावबाट नेपाली साहित्यमा भित्रिएको गजल वर्तमान पुस्तामा मौलाएको लोकप्रिय विधा हो । जुन विधाबाट नव स्रष्टाहरू आफ्नो साहित्यिक यात्रा समेत सुरु गर्न थालेका छन् । साहित्यिक जगत्मा यो परिवेश गजलको मौसम भनेर युवा जमात लम्किरहेका छन् । अहिले यतिसम्म भइसक्यो कि राजधानी बाहिरबाट प्रकाशित भइरहेका हवाई, लघु तथा अन्य पत्रिकाहरूले गजल विशेषाङ्क समेत प्रकाशित गरिरहेका छन् । यी त वर्तमान नेपाली साहित्यमा गजल विधाको प्रयोग सम्बन्धी चर्चा भए । यस लेखमा उल्लेख गर्न खोजिएको गजल विधाको प्रयोग समग्र नेपाली साहित्यको नभई जसको एक पाटो इलामेली साहित्यिक जगत्को हो । हुन त इलामेली साहित्यिक वातावरण समग्र नेपाली साहित्य भन्दा पृथक् छैन । तथापी यो सर्न्दर्भ नेपाली साहित्यमा आयातीत भएर पनि एक स्थापित बनिसकेको गजल इलाम जिल्लाको साहित्यिक भूमिमा इलामेली स्रष्टाहरूले बसालेको लेखन परम्पराको चर्चा मात्र हो । वि.सं. २०४० पछि पर्ूवाञ्चलमा गजल लेख्न थालिएको कुरा गजल सम्बन्धी लेखहरूमा उल्लेख भएको पाइन्छ । त्यही क्रममा वि.सं. २०४८ तिर इलामेली साहित्यिक सेरोफेरोमा पनि गजल लेख्न थालिएको कुरा साहित्यिक स्रष्टाहरू बताउँछन् । इलाममा गजल विधाको लेखन परम्परा कोट्याउँदा गजलकार डा. घनश्याम न्यौपाने 'परिश्रमिलाई सम्झनु पर्ने हुन्छ । गजलकार परिश्रमीकै सर्ंर्सगमा इलामका स्रष्टाहरूले गजल लेख्न थाले । इलाममा पनि गजल लेखिन थालियो । प्रकाशनको दृष्टिकोणले पर्ूवाञ्चलको प्रथम गजल सङ्ग्रह डा. घनश्याम न्यौपाने 'परिश्रमी' को 'यो मौसम' २०५० सालमा इलाममा नै छापिएको थियो । इलाममा नै रहेर इलामका गजल स्रष्टाहरूले पुस्तककार सङ्ग्रह प्रकाशित गरेका छैनन् । वि.सं. २०५०।०५२ तिर इलामबाट प्रकाशित समतालहर, अङकुरण जस्ता पत्रिकाहरूमा गजल भन्न सकिने र नसकिने दुवै किसिमका गजलहरू प्रकाशित भएको पाइन्छ । त्यसपछि आएर इशारा मासिक, सामना द्वैमासिक, जमर्को वाषिर्क अनुराग द्वैमासिक लगायतका पत्रिकाहरूले गजल विधालाई विशेष महìवका साथ समावेश गराएका छन् । त्यस्तैगरी इलामबाट प्रकाशित भइरहेका हवाई, लघु तथा अन्य पत्रिकाहरूले गजल प्रकाशित गरिरहेका छन् । त्यही क्रममा सुमन सम्यक, एन.पी. भट्टर्राई, यावरा अटल, तारा धर्ुकापानी, सचित र्राई, सुदीप समीप, बालकृष्ण लामिछाने, अशोककुमार वान्तवा, कृष्ण र्राई अभागी, भोजकुमार सुवेदी, रोशन, साँवा, गीता सापकोटा, सीता आस्था लगायत थुप्रै स्रष्टाहरूले गजल लेखेको भेटिन्छ । त्यस्तै गरी नवस्रष्टाहरू गजल लेखनतर्फउन्मुख भइरहेका छन् भने अन्य विधामा स्थापित साहित्यकारहरूले समेत गजल लेख्ने गरेको पाइन्छ । यसै प्रसङ्गमा गजल लेखन परम्परा पछि इलाममा गजल विधाको विकासका लागि गरिएका प्रयासहरूलाई बुँदागत रूपले संक्षिप्त चर्चा गरौं । इलामको साहित्यिक सेरोफेरोमा देवी पन्थीको प्रेरणाबाट के.वी. र्राई र सचित र्राईले र्राई -वान्तवा) भाषामा गजल लेखेको पाइन्छ । वान्तवा भाषामा लेखिएको के.वी. र्राईको गजललाई सो भाषाको प्रथम गजल हुन सक्ने कुरा देवी पन्थीको गजल सिद्धान्तमा उल्लेख छ । वि.सं. २०५५ मा इलाम फिक्कल निवासी राजकुमार श्रेष्ठले पहिलो चोटी गजल विधामा रत्न पुरस्कारको स्थापना गरी डा. घनश्याम न्यौपानेलाई प्रदान गरे पछि हाल स्थगित अवस्थामा छ । इशारा साहित्यिक परिवार इलामको आयोजनामा २०५८ सालमा प्रथम पटक खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा, मोरङ, तेह्रथुम लगायतका जिल्लाहरूबाट सहभागिता रहेको थियो । श्रृङ्गार रसबाट लेख्न थालिएको गजलमा आज आएर समसामयिक परिस्थितिको तीखो व्यङ्ग्य समेत प्रस्तुत गर्न थालिएको छ । गजल गेयात्मक विधा पनि हो । तर हाम्रो देशमा गजल गायनको उपयुक्त अवस्था सिर्जना भइसकेको छैन । गजल संरचनाको लागि मुफरद बहर -मूलछन्द) ७ वटा, मुरक्कबहर -मिश्रति छन्द) १२ वटा गरी १९ वटा र ८ वटा रूक्न -गण) को उल्लेख छ । तर इलामका गजलकारले आधारभूत संरचनामा बाँधिएर मुसिकियत -गेयात्मक) रूपले लेख्ने गरेको पाइन्छ । गजल संरचनामा वहरको खुलेआम प्रयोग भन्दा पनि काफिया र रदिफको प्रयोगमा बढी सचेत देखिन थालेको छ । सचित र्राईका गजलको एक शेर- फेरि भेष बदलेछौं गाँस खोस्छौ कि झोपडीमा महलको बाँस खोस्छौं कि !
Read Full Discussion Thread for this article