Posted by: Tyra July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ल आज चित्रे ले कथा नलेख्ने रे ,मेरो सुनाउ है त तर कथा होइन कि बाल्यकाल् को एउटा घट्ना ल- मिस् गालि नगर्नुस् है टिफिन् ब्रेक् मा मात्र कुरा गरेको हो। चित्रे जि को बाल्यकाल को कथा सुन्दा सुन्दै मेरो स्मृती मा पनि मेरो बल्यकाल् को एउटा रमाइलो घटना ताजा भएर आयो , सुनाम् है त । तर यो कथा चै होइन है। कुरा धेरै बर्ष अघि को हो म करिब् ४ बर्ष को थिए ,इस्कुल्नि जान थालि सक्याथे। अनि तेस्तै इस्कुल् बिदा मा मेरो दिदि दाइ (ठुल्बुआ को छोराछोरि) हाम्रो घर् (काठ्मान्डु) आउनु भएको थियो उहा हरु तराइ मा बस्नुहुन्थ्यो। करिब् एक् हप्ता जत्ति बसेर् जब उहा हरु जाने दिन् आयो म मपनि जाने भनेर एक्दमै झगडा गर्न थाले ।अति गरेपछि बाबाले एक् हप्ता बस्ने गरि पठाइदिने हुनुभयो, एक् हप्ता मा उहाको अफिस् को काम् रहेछ तेतैनजिकै पुग्नु पर्ने अनि तेति बेलाम पनि सङै आउने कुराभयो। यसरि म दिदिहरु सङै जान पाए। थोरै थिओ बस्ने दिन् सबैजना खुब् माया गर्नुहुन्थ्यो, घुमाउन लगेको लग्यै गर्ने, म पनि खुब् रमाइरा'थे।खास्गरि दिदि सङ घुम्न मन्पराउथे ।दिदि र उहा को साथि हरु सङ फ्लिम् हल् मा गएर फ्लिम् हेर्ने,बाटोमा आउदा पानि पुरि ,चट्पट्टे खाने ,रिक्सा मा चड्ने मलाइ यो सब् खुब् रमाइलो लागि'रा थिओ। यस्तै मा एक्दिन् म र दिदि घुम्न निस्कियौ, मेरो जाने दिन् २ दिन् मात्र बाकि थिओ ,ठुल्बुवा ठुल्मुआ ले सायद् दिदिलाइ मलाइ केहि गिफ्ट् हरु किन्दिन अर्हाउनु भएको थिओ क्यारे। पहिला दिदिले मेरो लागि एउटा रामो कपडा किन्नु भयो , अनि एउटा खेलौना ,त्यत्ति सम्म त म सङै थिए तर कता बाट दिदि सङ छुट्न पुगिछु, यता उता हेरे देखिन ,डर् लाग्यो तैपनि दाया बाया अघि पछि दिदि लाइ देख्छु कि भन्दै बिस्तारै हिन्दैगये धेरैबेर् भैसको कहि भेटिन दिदिलाइ ,म रुनसुरु गरि सक्या थिए ,अचानक... तितौरि ! को आवाज् आयो ,म रुदै रुदै त्यता हेरे एउटा रिक्सावाल् रहेछ, मैले त चिनिन उस्ले भन्यो तिमि( मेरो ठुल्बुआ को नाम् लिएर) को छोरि होइन कठ्मान्डु बाट आएको? बोल्न डर् लग्यो टाउको मात्र हल्लाए। अनि भन्यो कता हिनेको एक्लै ल घर् जाउ, अनि मलाइ बोकेर रिक्सा मा बसायो अनि म दरो गरि रिक्साको बार् समाएर बसे । मलाइ लड्छ भनेर होला बिस्तारै चलाएर पुरायो घर् पनि। घर् मा त सबै जना अतालियेर , पुलिस् मा , मेरो घर् मा फोन् गरिसक्नु भएछ ,दिदिको त होशवास् गुम् भैसकेकोरे'छ तेइ माथि सब् ले गालि गर्दा गर्दा उहानि रुन थलि सक्नु भएको रहेछ। अनि त्यो मलाइ बोकेर ल्याउने रिक्सा चै ठुल्बुआ कै छिमेकि क्को घर् मा बाहाल् म बस्ने अनि त्यो नेबरहुड् मा सबै ले चिने को रिक्सावाल् रहेछ ,तेस्ले नि म नया केटाकेटि भएको हुना ले याद् गरि रा'रेछ। अनि मेरो ठुल्बुआ ले तेस्लाइ धेरै धेरै धन्यबाद् अनि पुरस्कार् स्वरुप् केहि पैसा दिनु भो ,खुब् खुसि भयो त्यो रिक्सावाल् ।मलाइ त्यति बेला घर् मा आए पछि त केहि लागेन तर ऐले सम्झिदा कस्तो डर् लागेर आउछ। अनि तेस्को भोलि पल्ट बाबा आइपुग्नुभो ,पर्सि पल्ट म घर् पुगे ।येसरि मेरो एक् हप्ता को यात्रा समप्त भो।
Read Full Discussion Thread for this article