Posted by: Nepe July 15, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते, "उक्ति वैचित्र्य" को आधिकारिक परिभाषा त पढेको छुईन । तर शब्दको सोझो अर्थ लगाउँदा "केहि विचित्र सुनिने अभिव्यक्ति" भन्ने अर्थ लाग्छ भन्ने मान्छु । त्यति त तपाईले पनि पक्कै अडकल काढ्नु भो । तर रुप पक्षको विचित्रता मात्र यसको आसय होईन, भाव पक्षको असाधारणता पनि यसभित्र पक्कै पर्दछ । वास्तवमा गजल मात्र होईन छोटा (compact) शैलीका कुनै पनि विधा- मुक्तक, हाईकु, लघु-कथा, लघु-चलचित्र आदि सबैमा "उक्ति वैचित्र्य" नभई नहुने कुरा हो भन्ने लाग्छ मलाई । "उक्ति वैचित्र्य" को व्याख्या त मबाट असम्भव छ । तर कति कुरामा म पक्का छु भने यो नक्कल वा सिकाईबाट आउने कुरा होईन, चिन्तन-मनन, प्रयोग र आविष्कारबाट आउने कुरा हो । र शेरमा "उक्ति वैचित्र्य" आयो या आएन भनेर शायरले आफ्नै अन्त:प्रेरणा (instinct) ले जान्दछ भन्ने मलाई लाग्दछ । आशा छ, मैले तपाईलाई अलमल्लमा पारिनँ । *** *** *** *** *** *** CaMoFLaGeDji, A beautiful song indeed. The line "हम उस के पास जाते थे मगर.." looks somewhat less connected to such a beautiful and rich first line "चले तो कट ही जाएगा सफर आहिस्ता आहिस्ता", both in form and essence, particularly in view of certain uniformity among all remaining verses. Other than that, it's a lovely ghazal. And the singing part is just superb. A perfectly suited tune and Musarrat Nazir's tasteful गायिकी. .
Read Full Discussion Thread for this article