Posted by: CaMoFLaGeD July 14, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
यो धनकुटा को कुरो गर्दा मलाइ जहिले पनि भेडेटारको सम्झना आउछ। भेडेटारको कुइरो पनि अचम्म को के। एकै छिनमा कुइरो ले ढाकेर केहि नदेखिने एकैछिनमा सबै खुल्ला हुने। त्यहाँ बाट सप्तकोशी माथी आकाशमा देखिए झैँ लाग्थ्यो। गर्मी महिनामा पनि स्विटर चाहीँ बोकेरै जानु पर्ने। चित्रे तिमीलाइ ठुल्नानी ले बनाको स्विटर लाएर एकपटक फेरी जानु भेडेटार। ठुल्नानीले नि देखेकी छैनन रे, उन्लाइ नि देखाउनु। त्यहाँ को एउटा डाँडा छ "चार्ल्स प्वाइन्ट", अति रमाइलो छ। धरान बाट धनकुटा जाँदा गाडी को छतमा बसेर गा'को खूब रमाइलो हुने रहेछ। हुनत तल सिट नभेटेर माथी चढेका थियौं फाइदै भा'को रहेछ। ल ल चित्रे अरु नि जाओस।
Read Full Discussion Thread for this article