Posted by: world_map July 13, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
दादा, राम्रा फोटाहरू टाँस्नुभो नि छहारीहरूको, आउँदा चौतारीका लागि हो कि? ल, छोरीको फोटो पनि टाँस्नुस् न। अब चैं म कविता भन्दा कथा लेखम् कि भनेर सोचिरा'। कथा चैं म सानो हुँदाको अनुभवहरू सँगालेर लेख्नु पर्ला, पिरेम सिरेम चैं हैन, अलिकति बाल मनोविज्ञान भनुम् कि बालककालका संस्मरण। तर लेख्न चैं ट्याम लाग्न सक्छ है! :) अब भानु जयन्तीको मौकामा यौटा कविता चैं लेखें तर पूरा लेख्या छैन हतारमा। ल ठूल्नानी तिम्रो लागि है यो कविता! कस्तो लाग्यो भनम् है गाम्लेहरू! :) भौतारिने मन छैन स्वतन्त्र आकाशमा उडेर बन्द गर न मलाई दिलको तिम्रो पिँजडामा हराउने मन छैन बेरोकटोक जताततै घुमेर बाँधिराख न मलाई मोहको तिम्रो मायाजालमा।
Read Full Discussion Thread for this article