Posted by: world_map July 12, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पून्टेदाइको कुरा सुनेर मलाइ पनि कस्तो कस्तो अनुभव भयो। कोही जन्मिरहन्छन् कोही मरिरहन्छन्, यो त दैवको लीला हो।
तितौरी त हिजो हरायौ नि, सबैले कत्ति खोजे तिमीलाइ। तिम्रो कविता लेख्ने शैली राम्रो छ।
पून्टेदाइले लेख्नु भएको 'कालमहिमा' को अरू अंश लेख्छु, सम्झेजति।
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
ईन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो
थुप्रोमा उधिनी मीठो नमीठो छुट्याई छान्दैन त्यो
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो सबै चपाउन भने ..............आहार पाउन्न त्यो
..........
सुक्खा जर्जर अस्थिपंजर बिना शैया बनाउन्न त्यो
हाहाकार सरी मीठो संगीत बजाउन्न त्यो
--- लेखनाथ पौड्याल