Posted by: Poonte July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ए केटकेटीहुर हो! आज यो बुढो मस्तिस्क अलिक भावुक छ। हाँस्न, हसाम्न प्याट्टै मन छैन। बिहान सखारै उठेर एउटा मित्रको छोरोको पास्नीमा गईं। तेस्को लगत्तै फिरि अर्को मित्रको आमाको शव यात्रामा! कठै! डेढ महिना भा’थ्यो यता आउनु भा’को। अचानक देहवसान्! बिरानो देशाँ, मिसिनमा हालेर अन्त्यष्टि गरे के रे। एउटा नाबालकको पास्नी, अर्की आमैको अन्त्यष्टि। जिन्दगीको शुरु र अन्त्य संग संगै छर्लङ्ग देख्दा न रुनु, न हाँस्नु। आफू त माझमा परे जस्तो। के को माझमा फेरि? काल मुर्दार कुन बेलाँ टुप्लुक्क आई पुग्नि हो, कोल्लाई के था’? झ्याँक्नि यो दैवको लिला देखेर…के हो के! ल, तिमेरु रमईलो अर्दै अर, म चईं एकछिन निदाम्छु, अनि उठेर केई काम सकाम्छु। अरु त तेस्तै हो, सबैलाई दण्डवत्। तितौरी बुईनीलाई चईं हिजो देखिएन के रे, आज हिजोको समेत अरि यो दाईको “डबल हग”। आयो, टप्प टिप्यो, लग्यो टारेर टरिन्न त्यो। :)
Read Full Discussion Thread for this article