Posted by: world_map July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
लौ, मैले त यौटा गद्य कविता लेखें। गद्यमा लेख्न सजिलो पनि छ। मास्टर्नी दिदी र ठूल्नानी धन्यवाद छ है सबै खालको 'सपोर्ट' को लागि। अनि आज पून्टे दाई चैं कतातिर लाग्नु भो? हिजो जन्मकुन्डली माग्दै हुनुहुन्थ्यो, पठाइदिम् कि भन्या, मान्छे नै गायब! ल, मेरो कविता पढ है ठू्ल्नानी। गाम्लेहरू भन्नुस् कस्तो लाग्यो। खुला गगनमा उडिरहेका जोडि चखेवाहरूलाइ देख्दा म कल्पना गर्छु, के हामी पनि त्यस्तै स्वतन्त्र रूपमा उड्न पाउँछौं एक दिन? हिमाल, पहाड, लेकमा नाचिरहेका डाँफे, मुनाल देख्दा म सोच्ने गर्छु, के हामी पनि त्यस्तै निस्फिक्रि नाच्न पाउँछौं कुनै दिन? हो पाउँछौं, पक्कै पाउँछौं केवल खाँचो छ पर्खाईको शान्त र धैर्यवान् पर्खाईको त्यो दिन अवश्य आउँछ तिम्रा ती नयनमा म अलौकिक तेज देख्छु तिम्रो हरेक पाइलामा चमत्कारिक बेग देख्छु त्यसैले प्रिय, हामीलाई अझै धेरै यात्रा तय गर्नुछ हजारौं कोश सँगै अघि बढ्नुछ एक अर्काको साथमा हामी यो यात्रा शुरू गरौं सधैं सँगै हिंड्ने प्रणका साथ शुभारम्भ गरौं यो कहिल्यै नटुङ्गिने अनन्त यात्रा।
Read Full Discussion Thread for this article