Posted by: world_map July 12, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
म कविता लेख्न व्यस्त थिएँ, त्यसैले हाजिर गर्नै बिर्सेछु, माफ पाम् मास्टर्नी दिदी। ठूल्नानी, म तिमीलाई कसरी धन्यवाद दिउँ मेरो हाजिरको समेत यति ख्याल राखेकोमा, एकदम धन्यवाद है! ल, अलि लामो कविता लेखें मैले। कस्तो लाग्यो भन है ठूल्नानी, अनि अरू गाम्लेहरू पनि। मास्टर्नी दिदी, मेरो रोल नं ८ हो। :) अत्यन्त सुन्दर तिम्रो चित्र हरदम राख्छु मेरो दिल भित्र हामी हौं अति घनिष्ट मित्र यो कथाका हौं हामी पात्र तिम्रो त्यो नजर तिम्रो हेराई कति राम्रो छ लवाई खवाई घायल पार्यो त्यो तीरले मलाई हर्षित छु म तिमीलाई पाई बसन्तमा मुस्कुराउँछ फूल मन हुन्छ अति प्रफूल्ल तिम्रो आगमनमा पुष्प हाँस्छ स्वागत गर्दै माला गाँस्छ।
Read Full Discussion Thread for this article