Posted by: Nepe July 11, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
बिहे, खास गरेर पिरेम-बिहे, को कुरा गर्दा मलाई मैले जमानामा पढ्या एउटा कथा जहिले पनि याद आउँछ । यो कथालाई म "संसारको सबभन्दा छोटो उपन्यास" पनि भनेर साथीभाईहरुलाई सुनाउने गर्थें ।
यो कथा कहाँ पढेको भनेर सम्झना छैन मलाई । म स्कूलमै हुँदा पढ्या हुनाले सम्झना धमिलिएको हो । यो सम्भवत: हिन्दी साप्ताहिक "मुक्ता", "सरिता" वा अर्को नाम पनि बिर्सें- "स" बाटै नाम उठ्ने साहित्यिक कथा साप्ताहिकमा पढेको हुन सक्ने सम्भावना धेरै छ । थोरै सम्भावना चाहिं "मधुपर्क" को लघुकथाका अंश पनि हुन सक्छ ।
जे होस् , यो कथाको ओरिगिनाल रुप अलि फरक हुन सक्छ, मैले सुनाएको भन्दा ।
ल हालम है त त्यो कथा ?
*** *** *** *** ***
एक लघु उपन्यास
अध्याय एक:
निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा उभिएकी एक चिन्तित युवती ।
युवती फालहाल्न के गति लिन्छे, पछाडिबाट दुई बलिष्ट हातले युवतीका पाखुरा समाउछन् । हात कुनै युवकको थियो ।
अध्याय दुई:
पञ्चेबाजा, सिङारिएको घर, बेहुलीको रुपमा सिङारिएकी युवती । दुलहा त्यही युवक ।
अध्याय तीन:
पञ्चेबाजाको ध्वनी पुरानो स्मृति । भुँईमा बजारिएका भाडाहरुले त्यसको ठाउँ लिन्छ ।
अन्तिम अध्याय:
निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा उभिएको एक चिन्तित युवक ।
------समाप्त------