Posted by: Dada_Giri July 7, 2006
Chautari XVII
Login in to Rate this Post:     0       ?        
रातभरि कराऽर केटाहुरले मलाई मिटिक्कै निद्रा लाग्न दिएनन् नि। बिनपख यिनेरु तितर बितर भएसी यसो निदाको ल। मिनी स्कट नलाऊँ है तितौरी आभाराले जिस्काउँदा चाल पाउली सारी सुहाउँछ .......... तिम्लाई हेर्न रुखले पनि डाली नुहाउँछ। :-) हो हो पक्का हो ल भउतेले भनेसि हो। --- आन्दोलनप्रेमी हरुलाई खुशीको खबर! स्थान : ? समय: अपरान्ह ५ बजे देखुन कहिले: साउन १० देखि दिन दिनै समाचारहरु साउन १० देखि अर्को जनआन्दोलन शुरु हुने - समुद्रपारि डट कम सम्बाददाता । बिहिबार, ६ जुलाई । जनआन्दोलनको भावनाअनुरुप सरकारले काम नगरेको भन्दै नागरिक आन्दोलनका अगुवाहरूले दोश्रो लोकतान्त्रिक जनआन्दोलनको घोषणा गरेका छन् । आन्दोलनको स्पष्ट एजेन्डा गणतन्त्र बनाइने जनाईएको छ । सरकारलाई दबाब दिने उद्देश्यका साथ उनीहरूले साउन १० गते बुधबारदेखि नयाँ सडक आन्दोलनको घोषणा गरेका हुन् । सरकारका गतिविधिले संविधानसभाको निर्वाचनमा बाधा पुगेको, लोकतान्त्रिक आन्दोलनका मुद्दाहरू ओझेलमा परेको भन्दै देशव्यापी आन्दोलन घोषणा गरिएको हो । आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नागरिक आन्दोलनका अगुवाहरू डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठ, प्रा. कृष्ण खनाललगायतका व्यक्तित्वले आगामी आन्दोलनको नेतृत्व आफूहरूले गर्ने बताउनु भएको बुझिएको छ । उच्चस्तरीय जाँचबुझ आयोगको सुझावअनुसार प्रधानसेनापतिलगायत सेनाका प्रमुखलाई सरकारले कारबाही गर्न नसकेको, सेनाको संरचना यथावत राखेको, संविधानसभामा उत्पन्न बाधा हटाउन सरकार गम्भीर नभएको भन्दै उनीहरूले दण्डहीनताले प्रश्रय पाएको आरोपसमेत लगाएका छन् । राज्यको पुनर्संरचनाका विषयमा सरकारले जटिलता थपेको, दरबारका सचिवालय र सुरक्षालाई यथावत राख्दा संसद्ले नै परिवर्तनविरोधी शक्तिलाई संरक्षण दिएको आशंका उत्पन्न गराएको, शान्तिप्रक्रियाका निम्ति हतियार व्यवस्थापन गर्न एकअर्काप्रति आशंका फैलिएको जस्ता मुद्दाका विरुद्ध आन्दोलनमा आवाज उठाइने बताइएको छ । राज्य र बिद्रोही पक्षबाट कमी-कमजोरी हुँदा प्रतिगामी र यथास्थितिवादीहरूको चलखेल बढेको उल्लेख गर्दै नागरिक आन्दोलनका अगुवाहरूले निर्वाचन आयोगमा कुनै परिवर्तन नगरिँदा संविधानसभाको निर्वाचन प्रक्रिया सरकारले ढिलासुस्ती गरेको, सात दलको गठबन्धन सरकार र माओवादीका क्रियाकलापबाट समावेशी लोकतन्त्रको अवधारणा पन्छाइएको, माओवादीले पटक पटक प्रतिबद्धता जनाएका विषयमा पनि घटनाहरू घटाइरहेको ठहर गर्दै जनताको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने चाहनालाई सर्थक र व्यापक बनाउन नागरिक आन्दोलनलाई नयाँ उचाइका साथ निरन्तरता दिन लागेको उनीहरूले स्पष्ट गरेका छन् । M
Read Full Discussion Thread for this article