Posted by: Dada_Giri June 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हाँस्सी खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो। चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:- ...."नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे मास्टरनी दिदी, ठुल्नानि, पिरती, हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्" *** *** *** Bob Dai : होईन यो मुसी(Mysty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । *** *** *** uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ? miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नाफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:) *** *** *** gaalab : हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? *** *** *** pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु ह‍ै ? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन । *** *** *** Nepal ko : कोरियाले जित्यो २-१ हुर्रे। uptowngal : चित्रे धन्यवाद छ तपाईं को जानकारी को लागि । *** *** *** Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, सानोकन्छा, ठुल्ननि चित्रे इन्द्रेनि नि आउलान् गीत् सुनेर ,ल म गीत् सुरु गरौ है त । माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... *** *** *** miss_ me : प्रितीलाई--- मेरो उपस्थिती यदि तिम्रो लागि खूसि भए मैले मेरो सारा खुसि तिमिलाई नै सुम्पिदिएँ खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा *** *** *** Tyra : ल ल मिस् लाई है यो चाँहि- आइ दिए दिनको एक पटक घुम्दै चौतारीमा खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा *** *** *** CaMoFLaGeD: मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला? *** *** *** Poonte: हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!
Read Full Discussion Thread for this article