Posted by: Poonte June 30, 2006
Login in to Rate this Post:
0
?
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!
आबु, रातको तीन बजे, भोली सखारै फेरुन् तो के जाती कामलाई उठ्न छ! यति राती त बोक्सो मात्रै उठ्छ भुन्थे, ऐना हेर्दा आफू नि बोक्सो बोक्सोऽऽऽ जस्तै ला’गो।
क्यार्नु? भाराभुरीले सम्झेचन् के रे! बुढो खोकी थाम्दै भे नि ख्यास्सेको स्वर सुनाम्नै परो!
अन्फेरुन्, यो चौताराँ आयो कि मुलाई त मेरी धोबिनी कै झलझली सम्झना आम्च, गाँठे! तै धोबिनी कै च्यात्त्या पेटीकोटको कस्सम्! बेला बेलाँ दाबिलोले खप्पर ताकेर च्याठेनि निर मुया भुनेको निर मुयई हो के रे! भउते काजी हराको, सालीलाई भगा’र, सिरे नि हरायो, धोबिनीसंगै! बज्जेले ताल मारो जस्तो ला’गो। लु, गाम्ले हो! पञ्चे भेला अरेर कुरोको टुँगो लाम त!
तन्नेरी छँदा हुँदो बारै मास चौताराँ सुर्लेर बित्थो के रे। दुई बीस छुनै ला’को खुईले भएसि जान परिवारको ख्याल अर्नै परो! काम कुरो एकातिर कुम्लो बोकी चौतारीतिर अर्न भे’न। बरु भनम् को को गाम्ले यसपालाओ यन्ये (ANA) मा आम्छौ? आम्नि हो भुने हेरम के रे मुईले तयार पारेको फिलमहुर नि। फिलम सकेसि बसेर मज्जाले दोहोरी पड्काम्ला के रे नि!
लु, दैवले साँचे, नमरी बाँचे, फेरि अर्को पाला मौका पारेर आम्ला के रे। आस अरे, भर चईं नपरे। यस्तै छ अचेल यो पुन्टे बाजेको हालत! मुया चईं मुईले नि मार्ने छैन, तिमेरुले नि नमारे!
रामो राम, सीताऽ पोई!