Posted by: Dada_Giri June 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
यो कुम्लेको नाम मात्रै कुम्ले हो। झोला नबोकी स्कुल आउँछ। जुन गोरुको सिगं छैन उही गोरुको नाम तिखे भन्या जस्तो छ। मिसले "झोला खोइ?" भनेर झाँको झार्दा शिलक पो हाल्छ बा केटो त! --- झोला कस्ले बनायो यो चुत्थो झोला? बनिकन पहिले, बोक्यो कसले होला? साधु सन्त बमबम भोला, बोक्नै पर्ने सबले झोला! जब शुरु भयो बिद्यार्थी चोला, मैले पनि थालें बोक्न झोला। सुके होलान् बरु कैयौं खहरे खोला, तर टुटेन कहिल्यै पिठ्युंमा झोला। हरदम हरपल चोला चोला सत्र वर्ष करिब बोकें होला! जब केहि भएन बोकी झोला, आएँ जापान जे होला- होला। जापान आएको भोलिपल्टै मास्टर जी ले सोधे खै तेरो झोला? छाडी आएँ नेपालमै झोला, अहिले त भाईले बोक्दै होला! बोकी आएस् भोलि झोला, नत्र तेरो के पो होला! मान्छे भने २ पैसाको, ३ हजारको किनें झोला। ३ हजारको झोलाभित्र नसोच्नु है के-के न होला। बासी भात र दुइटा सिन्का एउटा सानो पिउने कोला, बोक्नु बोकियो यो चुत्थो झोला, अझै कति बोक्ने होला! बोक्नु बोकियो यो चुत्थो झोला, अझै कति बोक्ने होला! - राम कुमार बस्नेत साभार अनेसास जापान गृह पृष्ठ --- अफ्ठ्यारा शब्दका अर्थहरु बासी भात : जापानी ओनिगिरी दुइटा सिन्का: जापानी परम्परागत चपस्टिक्स्
Read Full Discussion Thread for this article