Posted by: parbate June 28, 2006
सत्ताको भागवण्डा
Login in to Rate this Post:     0       ?        
माओवादी संसदीय सत्ताको भागवण्डाका लागि एक रत्तिपनि इच्छुक छैन - दिनानाथ शर्मा Filed under: Article माओवादी र सरकारबीचको उच्चस्तरीय छलफल र त्यसले घोषणा गरेको आठ बुँदे सहमतिबाट केही विदेशी शक्ति र देशभित्रका केही पुनरउत्थावादी चिन्तन बोक्ने जमातमा निकै ठूलो तरङग फैलिएको छ । जनताको बलिदान र राजनैतिक नेतृत्वको सही आंकलनबाट नै आठ बुंदे सहमति भएकाले यसलाई सजिलै तोड्न सम्भव छैन । समाज विकासक्रमको गति अघि बढ्ने क्रममा प्रगतिशीलपथमा अघि बढेको देश अव पछि र्फकला वा फर्काउन सकिएला कि भनेर कसैले आशा नगरे हुन्छ । यो माओवादीको आग्रह नभएर समयको चेतावनी हो । समाज विकासको क्रममा वस्तु र चेतना दुबैमा यथास्थिति र अग्रगमनबीच भीषण संघर्ष चल्छ । सचेत अग्रगामी सोचले पुराना विचार र सडेगलेका व्यवहारलाई अलगथलग पार्दै र परास्त पार्दै अगाडि बढेको हुन्छ । त्यसको रुप फेरिन सक्छ तर त्यसको द्वन्द्वात्मक सारतत्वमा फरक पर्दैन । नेपाली समाजमा अहिले चलिरहेको संघर्ष पनि त्यही नियमको दार्शनिक मान्यताअनुसार पुरानो सम्बन्धलाई परास्त गरेर अगाडि बढ्नका लागि भीषण वर्गयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको फ्युजन गर्दै अगाडि बढ्न प्रयत्न गरिरहेको छ । पुरानो सामन्ती राजतन्त्रात्मक सम्बन्धलाई परास्त गर्न अझ निकै समय लाग्ने निश्चित छ । त्यसलाई परास्त गर्न अहिले शान्तिपूर्ण तरिकाले प्रयत्न भएको छ । संबिधानसभाको माध्यमद्वारा शान्तिपूर्ण तरिकाले राजतन्त्र सामन्तवादको अन्त गरेर त्यसको ठाउँमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगरे सम्म http://focus.blogsome.com/2006/06/28/p120/#more-120
Read Full Discussion Thread for this article